म संग मुलुकको हित र विकासका लागी दुरदृष्टि सोच र दुरदर्शिता छ । सेनाहरुले मलाई साथ दिए पुग्छ ।

इनेप्लिज २०७७ मंसिर २ गते ११:०७ मा प्रकाशित

सेनाहरुले राम्ररी बुझ्नुपर्ने कुराहरू मुलुक भन्दा ठुलो संविधान होइन संविधान फेरी पनि बन्न सक्छ । राजनीतिक दलहरुका नेताहरू मुलुक हाँक्न निरन्तर रूपमा पुर्ण असफल भइसकेका छन । मुलुकको हित र विकासको लागी राजनीतिक दलहरुका नेताहरु संग कुनै भिजन नै छैन । सेनाहरुले अब मुलुकको हित र विकासको लागि सैनिक शासन लागु अर्थात नागरिक सरकार गठन गर्नुपर्ने हुन्छ । सेनाहरुलाई आफै अघि बढन बाधा अडचन र समस्याहरू छ भने नहुनु भन्दा कानो मामा निको भने जस्तै राजा ज्ञानेन्द्रलाई भएपनि साथ दिनुपर्छ ।

यदि सेनाहरुमा राजा ज्ञानेन्द्रलाई सहयोग गर्नुहुन्न भन्ने मानसिकता, भावना र अडान रहेकोे छ भने म पनि देशको प्रजा हो । सेनाहरुले मलाई साथ दिए पुग्छ । अन्तर्राष्ट्रिय स्तर र संचारमाध्यममा के जवाफ दिनुपर्छ म दिन्छु । जवाफदेहिता मेरो हुनेछ ।

प्रजातान्त्रिक ढंगले मुलुक कसरी हाँक्नुपर्छ भन्ने दुरदृष्टि सोच र दुरदर्शिता म संग छ । हालसम्म हाम्रो मुलुकको System मा के के खराबी छ मैले यसलाई नजीक बाट बुझेको छु ।

अब अति भो सहन सक्ने क्षमता छैन । विक्रम सम्वत २०५२ सालपछि २०६२/०६३ हुँदै राजनीतिक दलका नेताहरुबाट मुलुकले आजसम्म निकास पाउन सकेन । हामी नेपालीहरुको लागी दुर्भाग्य परिणाम हो ।

विक्रम सम्वत २०५२ साल देखि विक्रम सम्वत २०६२/०६३ साल हुँदै आजसम्म मुलुकमा जताततै अराजकता, विकृति, बेथिति, मनपरि र लथालिङ्ग छ । हाम्रो मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग भयो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा जतिसक्दो लुटने काम भएको छ । सेनाहरुले आज राति देखि नै सैनिक शासनको घोषण अर्थात नागरिक सरकार गठन गर्नुपर्छ । सेनाहरुले प्रजातान्त्रिक पद्धति बाट मुलुक चलाउन सुझाव र सल्लाहहरु अवश्य पाउनु हुनेछ ।

विक्रम सम्वत २०७२ साल असोज ०३ गते जारी संविधानले कसैको पनि हित र भलो गर्दैन कालो संविधान अर्थात असोज ०३ गते कालो दिन हो । संविधान निर्माण गर्नेहरू अर्थात प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू र राजनीतिक दलका शीर्ष नेताहरूबाट नै संविधान मिच्ने कार्य भएको छ । यसकारण मुलुक भन्दा ठुलो संविधान होइन संविधान फेरी पनि बन्न सक्छ ।

अमेरिकाको डोनाल्ड ट्रम्प, जो बिडेन, चाइनाको सी जीं पिंग, जापानको शिन्जो आबे र भारतको नरेन्द्र मोदी, राहुल गाँधी आदि आदि जस्ता नेताहरू हाम्रो मुलुकमा भइ दिएको भए सेनाहरुले समर्थन गर्न उचित पनि थियो । तर हाम्रो मुलुकका नेताहरू विश्वासघाती र धोखेबाज छन । सेनाहरुले नैतिकता र इमानदारिता नभएका विश्वासघाती हरुलाई समर्थन गर्नु हुँदैन । यसकारण सेनाहरुले शासन सत्ता कब्जा गरी मुलुकमा सैनिक शासन लागु अर्थात नागरिक सरकार गठन गर्नुपर्छ अर्थात सेनाहरुले मलाई साथ दिए पुग्छ ।

मेरो समझमा यो कुरा आइरहेको छैन सेनाहरुलाई अघि बढन बाधा, अडचन र समस्या के छ ? मुलुक संवेदनशील अवस्थामा रहँदा पनि सेनाहरु चुप किन ? सेनाहरुलाई थाहा नै होला हालसालै माली मुलुकमा पनि सेनाहरुले शासन सत्ता कब्जा गरेको अवस्था छ । जापानको प्रधानमन्त्रीले पनि अस्वस्थका कारण म अब पदमा बसी रहन उचित छैन भनी राजीनामा दिए अन्तर्राष्ट्रिय मुलुकहरुमा प्रधानमन्त्री र नेताहरूको यस्ता राम्रा नजीर हरु थुप्रै छन । हाम्रो मुलुकमा सत्ता लिप्सामा मात्र केन्द्रित भएको देखिन्छ । हाम्रो मुलुकका नेताहरूमा नैतिकता र इमानदारी पन कदापि छैन लाजमर्दो अवस्था छ । नैतिकता र इमानदारी नभएका विश्वासघातीहरुलाई सेनाहरुले समर्थन गर्नु हुँदैन ।

फेरि पनि म सेनाहरुलाई के भन्न चाहन्छु भने मुलुकमा सैनिक शासनको घोषण अर्थात नागरिक सरकार गठन गर्नुहोस सक्नुहुन्न भने राजा ज्ञानेन्द्र शाहलाई भएपनि सहयोग गर्नुहोस राजा ज्ञानेन्द्र शाहलाई पनि सहयोग र साथ दिन तैयार हुनु हुन्न भने म पनि देशको नागरिक हो सेनाहरुले मलाई साथ दिनुहोस मुलुकको हित र विकासको लागी म संग भिजन छ ।

स्वतन्त्र नेपाली नागरीकः राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालीका–०२ ।

 

प्रतिक्रिया