शनिबार, साउन ९ २०७८
काठमाडौं २३:४१
वासिङटन डिसी 13:56

बाइडेन र ह्यारिसद्वारा महामारीको बीचमा आर्थिक सुधार सम्बन्धि सम्बोधन

इनेप्लिज २०७७ मंसिर १ गते २३:१६ मा प्रकाशित

निर्वाचित राष्ट्रपति जो बाइडेन र निर्वाचित उप राष्ट्रपति कमला ह्यारिसद्वारा महामारीको बीचमा आर्थिक सुधार सम्बन्धि सम्बोधन गरेका छन् । उनिहरुले डेलावेयरको विल्मिङ्गटनबाट अमेरिकी जनतालाई निर्वाचित भए पछि चौथो पटक यसरी सम्बोधन गरेका हुन् ।

बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० को चुनावको नतीजालाई स्वीकार्न नचाहेकोले बाइडेन प्रशासनको कोरोनाभाइरस खोप छिटो वितरण गर्ने क्षमतामा बाधा पुग्न सक्छ भनि चेतावनी दिए ।

“हामीले समन्वय गरेनौं भने धेरै व्यक्तिको मृत्यु हुन सक्छ,” बाइडेनले सोमबार डेलावेयरमा पत्रकार सम्मेलनमा उनले श्रम र व्यवसायिक नेताहरूसँग भेट गरे र अर्थव्यवस्थामा भाषण दिए पछि भने।

यता ट्रम्पले राष्ट्रपति पदको चुनाव पराजय भएको वास्तविक तथ्यलाई स्वीकार गर्न अस्वीकार गरि रहेका छन् । ट्रम्पले नियुक्त गरेको सामान्य सेवा प्रशासनले हालसम्म पद हस्तान्तरण (संक्रमण) प्रक्रिया सुरु गर्न कानुनी रूपमा आवश्यक कदम चाल्न अस्विकार गरेको छ । जसले बाइडेनको टोलीलाई बजेट ,गुप्तचर जानकारी र संघीय एजेन्सीहरूको पहुँच प्रदान गर्दछ।

“मलाई आशा छ कि राष्ट्रपति २० जनवरी सम्म पुग्नु भन्दा अगाडि राष्ट्रपति हल्का ज्यादा ज्ञानी हुनेछन्,”

जाडोमा महामारी फैलिएकोले व्यवसाय र बेरोजगार अमेरिकीहरूलाई सहयोग पुर्‍याउने उपायको बारेमा कुराकानी गर्न कंग्रेससँग काम गर्न नसकेकोमा बाइडे नले ट्रम्पको आलोचना गरे।

श्रोत :एबिसी/सिएनएन

प्रतिक्रिया