प्रदेश नं १ मा २७० सङ्क्रमित थपिए, १९७ निको भएर घर फर्के

इनेप्लिज २०७७ मंसिर १ गते १३:५३ मा प्रकाशित

विराटनगर, १ मङ्सिर।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २७० जना कोरोना सङ्क्रमित थपिएका छन्।

उक्त अवधिमा गरिएको ५८८ जनाको पीसीआर परीक्षणमा ९५ महिला र १७५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सङ्क्रमितहरुमा मोरङमा ११२ मध्ये विराटनगरमा ५८, , सुनसरीमा ९७, झापामा २९,उदयपुरमा आठ, पाँचथरमा पाँच, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, इलाम र खोटाङमा एक÷एक र प्रदेश बाहिरका १४ जना रहेका छन् ।सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २४ हजार २० पुगेको मन्त्रालयले जनाएको छ।

यसप्रदेश आज १९७ जना सङ्क्रमित निको भएका छन् भने उनीहरुको सङ्ख्याअहिलेसम्म १८ हजार १२८ पुगेको छ।

प्रदेशमा हालसम्म एक लाख ७९ हजार ९३ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ।

प्रतिक्रिया