आइतबार, साउन १७ २०७८
काठमाडौं ०६:४९
वासिङटन डिसी 21:04

अमेरिकामा एकैदिनमा कोरोना संक्रमितबाट संक्रमित हुनेको संख्या १ लाख ३५ हजार ,६२३ जनाको मृत्यु

इनेप्लिज २०७७ मंसिर १ गते १२:०६ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३५ हजार १ सय ८७ पुगेको न्यूयोर्क टाइम्सले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार एकैदिनमा ६ सय २३ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

गत आइतबार नोभेम्बर १५ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो ।न्यूयोर्क टाइम्सका अनुसार बिगत हप्तामा दैनिक औसत १,५०,२६५ नयाँ कोरोनाबाट संक्रमित भएको उल्लेख गरेको छ । बिगत दुई हप्ताको तुलनामा औसतमा ८१ प्रतिसत वृद्धि भएको हो ।

हाल केही राज्यहरुमा कोरोनाको अवस्था अत्यधिक बिग्रिदै गरेकोले शिकागो र सेन्ट लुइसका नगर प्रमुखले भेला हुन नया नियम जारी गरेका छन । यसै गरि ओरेगन र न्यू मेक्सिकोका गभर्नरले घरमै बस्न आदेश दिएका छन ।

अमेरिकामा संक्रमित अत्यधिक वृद्धि भएकोले सबै राज्यहरुमा नयाँ मार्गदर्शन ,सावधान र सतर्कता अपनाउन आदेश जारी गरेका छन् ।

लगातार छैठो दिन सम्म अत्यधिक नयाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गइ रहेको छ । गत नोभेम्बर ७ मा १,२८,४६८ ,नोभेम्बर १० मा १,४०,२९० ,नोभेम्बर ११ मा १,४३,२३१ ,नोभेम्बर १२ मा १,५३,४९६ ,नोभेम्बर १३ मा १,८४,५१४ र नोभेम्बर १४ मा १,१६,७१६ र नोभेम्बर १५ मा १,३५,१८७ कोभिड-१९ बाट संक्रमित हुनेको संख्या पुगेको छ ।

हाल सम्म कूल ११ करोड २ लाख १६ हजार संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ४० लाख ६३ हजार पुगेको छ । यसैगरी कूल मृत्यु हुनेको संख्या २ लाख ५० हजार ९ सय पुगेको छ ।

श्रोत :न्यूयोर्क टाइम्स/ जोन्स हप्किन्स बिश्वबिद्यालय

प्रतिक्रिया