बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १६:३९
वासिङटन डिसी 05:54

स्पेसएक्समा चार अन्तरिक्षयात्रीहरू सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रक्षेपण

इनेप्लिज २०७७ मंसिर १ गते १:११ मा प्रकाशित

स्पेसएक्समा चार अन्तरिक्षयात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि प्रक्षेपण गरिएको छ । नोभेम्बर १५ आइतबारका दिन साँझ ७:२७ मिनेटमा उडेको छ ।

स्पेसएक्स यानमा तीन नासा अन्तरिक्ष यात्री, माइक हप्किन्स, श्यानन वाकर र भिक्टर ग्लोभर, साथै जापानी अन्तरिक्ष यात्री सोची नोगुची छन्।

यदि सबै योजना अनुसार ठिक भएमा चार अन्तरिक्ष यात्री सोमबार राती ११ बजे राती अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुग्ने छन । उडान समय करिव २७ घण्टा लाग्ने छ ।

निजि क्षेत्रको प्रयासद्वारा संचालित स्पेसएक्सले १८ बर्षको ईतिहासमा सञ्चालन गर्न सफल भएको छ । फ्लोरिडा राज्यको केनडी अन्तरिक्ष कक्षबाट स्पेसएक्स उडेको हो ।

श्रोत :वाशिंगटन पोस्ट/एबिसी न्यूज

प्रतिक्रिया