बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०३:४६
वासिङटन डिसी 17:01

ट्रम्पले बाइडनको जीत स्वीकार नगरी सामाजिक संजालमा हार स्वीकार नगरेको दावी गर्दै

इनेप्लिज २०७७ कार्तिक ३० गते २३:५७ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडनको जीत स्वीकार नगरी सामाजिक संजालमा हार स्वीकार नगरेको दावी पुन :गरेका छन् । आइतबार नोभेम्बर १५ मा पनि हार न खाएको अभिव्यक्ति दिएका छन ।

लामो समयसम्म कानुनी चुनौती र लडाई जारी राख्ने लक्ष्य राख्ने आभास दिएका छन ।

आइतवारको दिन दुई वटा ट्वीटमा ट्रम्पले आम चुनावमा व्यापक धोखाधडी भएको भन्ने पुन : झूटो दाबी गरेका छन् । कुनै धाधलीको प्रमाण नभए पनि मतदान धाधली भएको बताई रहेका छन । स्मरण रहोस ,हाल बाइडेनले ३०६ निर्वाचकीय मत(इलेक्टोरल भोट)प्राप्त गरि सकेका छन् भने ट्रम्पले २३० निर्वाचकीय मत प्राप्त गरेका छन् ।

बाइडेनले ५५ करिव लाख लोकप्रिय मतद्वारा ट्रम्पलाई पछि परेका छन । अमेरिकाको ५० वटै राज्यमा चुनाव सकिएको र बाइडेन बिजेता भनि घोषणा समेत गरिएको छ ।

“उनी (बाइडेन) विजयी भए किनभने चुनावमा धोका भएको छ ,” भन्दै राष्ट्रपतिले आधारहीन दावी गर्दै ट्वीट गरे । मिसिगन ,जर्जियामा समेतमा डोमिनियन भोटिंग सिस्टम(मतदान पद्धति )को प्रविधि प्रयोग गरिएको थियो । जहाँ रिपब्लिकनका निगरानी राख्ने स्वयम् सेवकहरु र अधिकारीहरुको उपस्थिति रहेको थियो ।

ट्रम्पले त्यसपछि दोस्रो ट्वीटमा स्पष्ट गरे कि बाइडेनले राष्ट्रपति पदको चुनावमा उनलाई पराजित गरेको उनी वास्तवमा विश्वास गर्दैनन् भनि उल्लेख गरे ।

उक्त ट्वीटमा “उनले केवल नक्कली संचार माध्यमको आँखामा जितेका हुन् । म केही पनि स्वीकार्दिन ! हामीले लामो यात्रा गर्नु पर्दछ। यो एउटा धोखा भएको चुनाव हो !” अर्थात् उनि कानुनी लडाईलाई निरन्तरता दिने संकेत दिएका छन् ।

ट्रम्पले निर्वाचनमा धांधली भएको दाबी गरेता पनि संघीय सरोकारवालाहरूले गत बिहीबार बिहान एक छापा विज्ञप्ति जारी गर्दै नोभेम्बर ३ को चुनाव “अमेरिकी इतिहासमा सबैभन्दा सुरक्षित रहेको ” जनाई सकेका छन ।

कुनै पनि मतदान प्रणालीले मतदान हटाएको वा हराएको, मत परिवर्तन गरेको, वा कुनै तरिकामा सम्झौता भएको कुनै प्रमाण छैन, “साइबरसुरक्षा र पूर्वाधार सुरक्षा एजेन्सीले प्रकाशित गरेको बयानमा भनिएको छ।

श्रोत :सिबिएस न्यूज

प्रतिक्रिया