आइतबार, साउन १७ २०७८
काठमाडौं ०६:५८
वासिङटन डिसी 21:13

भर्जिनियामा दुई किशोरहरुले एक किशोरको हत्या गरेको आरोपमा पक्राउ

इनेप्लिज २०७७ कार्तिक ३० गते २२:४६ मा प्रकाशित

भर्जिनियामा दुई किशोरहरुले एक किशोरको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार गत मंगलबार राती घटना पछि एनाडोल शहर निवासी द्वय १६ बर्षिय दुई जना किशोरहरुलाई हिरासतमा लिइएको हो ।

भर्जिनियाको स्प्रिंगफिल्डको एक मोटल ६ (आवास गृह)बाट उनीहरुलाई पक्राउ गरिएको हो । गत शुक्रबार एक किशोरलाई बन्दुकको लापरवाह व्यवहार र अवैध रूपले बन्दुक राखेको र अर्कोलाई एक किशोरले अवैध हतियार राख्ने आरोप लगाइएको प्रहरीले जनाएका छन् ।

प्रहरीका अनुसार दुवैजनालाई फेयर फ्याक्स काउन्टी कारागारमा राखिएको छ । गोलीबारी गत मंगलबार राती करिव ९:४० भएको थियो । एक किशोरलाई शरीरको माथिल्लो भागमा गोली प्रहार गरिएकोले उनको घटनास्थल मै मृत्यु भएको थियो ।

जासुसहरुका अनुसार उक्त अतिथिगृहमा मृतक अन्य किशोरहरु साथ कोठामै गोली हानिएको विश्वास गरेका छन् । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार किशोर मध्ये एक जसले बन्दुक बोकेका थिए ,आकस्मिक रुपमा उनकोबाट एक गोली चलेको थियो ।

भर्जिनियाको कानुन अनुसार नाबालिग किशोरहरु भएकोले नाम सार्वजनिक गरिएको छैन ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया