बुधबार, मंसिर १७ २०७७
काठमाडौं १२:१६
वासिङटन डिसी 01:31

निर्वाचित राष्ट्रपति बाइडेनलाई सबैले बधाई दिई सकेको अवस्थामा माइक पोम्पीओ किन ७ देशको भ्रमणमा

इनेप्लिज २०७७ कार्तिक ३० गते १७:३७ मा प्रकाशित

एपी / एबिसी न्यूज । डेमोक्र्याटिक दलका निर्वाचित राष्ट्रपति जो बाइडेनलाई सबैले बधाई दिई सकेको अवस्थामा अमेरिकी विदेश मन्त्रि माइक पोम्पीओ ७ देशको भ्रमणमा निस्केका छन । र ,उनि शनिवार फ्रान्स पुगेका छन ।

गत शनिबार युरोप र मध्यपूर्वका सात देशहरूको यात्रा सुरु गर्दा उनले “बिश्व चुनौतिहरू” बारे छलफल गरेका छन । भ्रमणको उद्देश्य राष्ट्रपति डोनाल्ड ट्रम्पको बाहिर जाने प्रशासनको प्राथमिकताहरू पूरा गर्नु हो। यसमा पश्चिमी किनारमा इजरायली बस्तीहरूको समेत भ्रमण समावेश रहेको छ भने जुन अघिल्ला राज्य सचिवहरूले बेवास्ता गरेका थिए।

अमेरिकाका शीर्ष कूटनीतिज्ञहरू साथै यसका अधिकांश राष्ट्रपति र रिपब्लिकनदलले अमेरिकी चुनावको नतिजा स्वीकारेका छैनन् ।

फ्रान्समा कोरोनाभाइरसको दोस्रो लहर बन्दाबन्दीमा पोम्पीओ आइपुगेका छन् । फ्रान्सेली विदेश मंत्री जीन-यवेस ले ड्रिआन र राष्ट्रपति इमानुएल म्याक्रोनसंग पोम्पीओको सोमबार भेट हुनेछ। म्याक्रोनको कार्यालयका अनुसार फ्रान्सेली राष्ट्रपतिले चार दिन अघि बाइडेनसँग कुरा गरेका छन् । म्याक्रोन र बाइडेन बीच मौसम परिवर्तन, आतंकवाद र स्वास्थ्य जस्ता क्षेत्रमा सँगै काम गर्ने चाहना व्यक्त गरि सकेका छन् ।

म्याक्रोनको ट्रम्पसँग तनावपूर्ण सम्बन्ध छ। म्याक्रोनले ट्रम्पलाई बास्टिल डे (बास्टिल दिवस)को सैन्य परेडमा सम्मान गरेका थिए । ट्रम्पले पछि पेरिस बिश्व मौशम सम्झौतामा म्याक्रोनको आलोचना गरेका थिए ।

फ्रान्समा शनिबार सामाजिक संजाल ट्वीटमा पोम्पीओले उनीहरूको पेरिस वार्ताका लागि मानक कूटनीतिक आधार बनाए । र ,फ्रान्स अमेरिकाको सबैभन्दा पुरानो मित्र र सहयोगी भएको कुरा उल्लेख गरे । “हाम्रो देशहरूबीचको सुमधुर सम्बन्धलाई हल्का मान्न सकिदैन” उनले ट्वीटमा उक्त कुरा उल्लेख गरेका छन ।

उनको भ्रमणको क्रममा धार्मिक स्वतन्त्रताको प्रचार र आतंकवादको विरुद्ध लड्नु पनि प्रस्तावका मुख्य विषयहरू हुन् । दुबै मुद्दाहरु फ्रान्सको लागि प्रासंगिक छन्। फ्रान्समा हालसालैका हप्ताहरूमा तीन आतंकवादीको हमला भएको छ भने चार व्यक्तिको मृत्यु भएको छ ।

फ्रान्स पछि पोम्पीओले टर्की, जर्जिया, इजरायल, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरेबिया जाने छन् । ती सबै देशका नेताहरूले बाइडेनलाई सार्वजनिक बधाई दिई सकेका छन ।

फ्रान्स, टर्की, जर्जिया र कतारले ट्रम्प प्रशासनसँग घनिष्ट सम्बन्ध राखेका छन् । उत्तर एटलान्टिक सन्धि संगठन(नेटो)को सहयोगी मित्रले रूसी क्षेप्यास्त्र रक्षा प्रणाली खरीद गरिसकेपछि टर्कीसँगको प्रशासन सम्बन्ध तनावग्रस्त भएको छ ।

पोम्पीओको अर्को हप्ता इस्तानबुलमा टर्कीका अधिकारीहरूसँगको बैठकमा सामेल हुने छैन । यसको सट्टामा, धार्मिक स्वतन्त्रताको प्रवर्द्धनलाई जोड दिन पोम्पीओले धार्मिक नेताहरूसँग भेटवार्ता गर्ने छन।

 

प्रतिक्रिया