शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०१:५२
वासिङटन डिसी 15:07

कनेक्टिकटमा आफ्नै आमाद्वारा दुई सन्तानमाथि गोली प्रहार,एकको निधन अर्को गम्भीर घाइते

इनेप्लिज २०७७ कार्तिक ३० गते १६:४७ मा प्रकाशित

अमेरिकाको कनेक्टिकट राज्यमा आफ्नै आमाद्वारा दुई सन्तानमाथि गोली प्रहार गर्दा एकको निधन अर्को गम्भीर घाइते भएका छन । प्रहरीका अनुसार उक्त घटना कनेक्टिकटको उपनगर क्षेत्रमा घटेको जनाएका छन ।

कनेक्टिकट राज्य प्रहरीले नाओमी बेल नामक गरेकी महिलालाई हत्याको आरोपमा पक्राउ गरेको छ । ४३ बर्षिय बेललाई सोमबार अभियोग लगाइने र उनको कुनै पनि कानुनी अन्य सूचना नभएको प्रहरीले बताएका छन ।

कनेक्टिकट राज्यको हार्टफोर्ड र वाटरबरि नजिक रहेको प्लाईमाउथ नजिक खण्डको टेरीभिलस्थित घरमा घटना घटेको हो । प्रहरीले बच्चाहरुसंग के सम्बन्ध रहेको छ भन्ने बारेमा जानकारी गराएका छैनन ।

उनीहरु क्रमस ७ र १५ बर्ष उमेरका हुन् । प्लाईमाउथ बिद्यालयको पद्धतिमा अन्तरिम अधिक्षक शेरी टर्नरका अनुसार दुई पीडित सहोदर हुन् र अर्का सहोदर माध्यमिक बिद्यालयका हुन् जुन समय घटना घटेको थियो त्यो बेलामा उनि घरमा नभएको उनले बताईन ।

प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन भने दुई जना जीवित भएको बताएका छन । उनले ‘हामी यो अकल्पनीय त्रासदीबाट दुखित भयौं, भनि लेखेकी छिन ।

अधिकारीहरुले घटनास्थल पुग्दा दुई जनालाई गोली हानीएको र घाइते अवस्थामा फेला पारेका थिए । छिमेकीका अनुसार बेल र उनका परिवार बर्षौ अगाडी देखि उक्त ठाउँमा बस्दै आएको जनाए ।

छिमेकीका अनुसार उनले गत शुक्रबार कुनै गोलीबारीको आवाज नसुनेको र प्रहरीको गाडीको आवाज मात्र सुनेको बताए ।

श्रोत :एपी/एबिसी न्युज
तस्बिर :कनेक्टिकट राज्य प्रहरी

प्रतिक्रिया