शुक्रबार, साउन १५ २०७८
काठमाडौं ०७:५४
वासिङटन डिसी 22:09

एनपीपीएको नेपाल सम्बत ११४१ भिन्तुना तथा २९ औ बार्षिक समारोहमा डा सत्यमोहन जोशी प्रमुख वक्ता,साथै महजोडीको प्रस्तुति हुने

विजय थापा २०७७ कार्तिक ३० गते १४:४७ मा प्रकाशित

नेपा: पासा पुच: अमेरीकाय(एनपीपीए)को नेपाल सम्बत ११४१ भिन्तुना तथा २९ औ बार्षिक समारोहमा वाङ्गमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको प्रमख वक्ताको साथै महजोडीको लगायतको प्रस्तुति हुने भएको छ ।

तर उक्त समारोह महामारीको कारण बिगत बर्ष झैँ भौतिक रुपले उपस्थिति नभइ परोक्ष(जुम)मार्फत हुने भएको अध्यक्ष राजु जोशीले ईनेप्लिजलाई बताए । आगामी नोभेम्बर २१ (मंगसिर ६ गते ) शनिबारका दिन बिहान १० बजे देखि १२ बजे सम्म प्रत्यक्ष प्रसारण समेत हुने भएकोले जानकारी दिएका छन् ।

उक्त समारोहका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत राजदुत डा अर्जुन कुमार कार्की(बिद्या वारिधि )रहने छन् । समारोह करिव २ घन्टाको रहने छ भने बिगत बर्ष झैँ आफ्ना बिबिध कार्यक्रमहरु समाबेश हुनेछन ।

तर यस पटक कोभिड-१९ को कारण सामूहिक रुपमा भेला गर्न नपाइने हुनाले समयबजी र मौलिक नेवा: साँस्कृतिक भोज भ्वय(सामूहिक रात्री भोजन )को सम्भावना रहने छैन । तथापी स्थापना काल देखि नै आयोजना गर्दै आएको कार्यक्रमहरु भने प्रस्तुत गरिने छ ।

यस पटक भर्चुअल( परोक्ष रुपमा) सांगीतिक कार्यक्रममा वरिष्ठ हास्यव्यंग्य कलाकार द्वय मदन कृष्ण श्रेष्ठ तथा हरि वंश आचार्यको बिशेष प्रस्तुति समेत रहने छ ।

स्मरण रहोस मह जोडी संस्थाको २५ औ बार्षिक उत्सवमा नेपालबाट अमेरिका आई बिशेष प्रस्तुति गरेका थिए । यसै गरि सांगीतिक कार्यक्रममा गायक अनिल शाही ,गायिका संगीता शाक्य(थापा),प्रजित श्रेष्ठ,सारना श्रेष्ठ,केसी डान्स सेन्टरको प्रस्तुति लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुति हुने छन ।

मुलुक बाहिर सबैभन्दा पहिला नेवा समुदायको पहलमा अमेरिकाको डीसी क्षेत्रमा स्थापित भएको नेपा: पासा पुच: अमेरीकाय(एनपीपीए)को स्थापना सन् १९९१ मा भएको हो ।

लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेकोले त्यही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो ।

प्रतिक्रिया