फूलहरु फुल्न छाडेनन

अर्जुन थापा २०७७ कार्तिक ३० गते १२:५७ मा प्रकाशित

फूलहरु फुल्न छाडेनन
नत हावा बहान छाड्यो
न पानी बर्ष नै
फूलहरु त यसरी फक्रिए
बर्षौ पछि कैदी ले निशाफ पाए झैँ
उकाली चढेर गलेको भरियाले
भारी बिसाएर भन्ज्यांगको चिसो
हावामा सारा बेदना भुले झैँ

उनीहरु चिच्याई रहेछन
छटपटाइ रहेछन
बाटो खोजी रहेछन
रमाउन सकेनन चारै तिर अन्धकारै अन्धकार देखेका छन
र भन्छन अन्धकार छ बाटाहरु बन्दछन
तर
बुझेर नबुझेर केहि चेतका कुरा गरी रहेछन
मलाइ थाहा छ उनीहरु फेरी उही गल्ति दोहोर्याउने छन
सुख विलाशी यैस र अग्र पंक्तिमा रहने होडमा
उनीहरुले यस्ता गल्ति दोहोराई रहने छन ,,, दोहोराई रहने छन
फूलहरु निमोठ्ने छन , खोलाहरु दुर्गन्धित गर्नेछन
भित्रि कोठामा कागजका फूलमा अत्तर छरेर
घर सजाउने छन ,महल सजाउने छन ,
आनन्द भएर भन्ने छन हामी आधुनिक युगका महामानवहरु

महामानवहरुको अत्याचारका विरुद्ध
आफैले सजाएको
आधुनिक फूलहरुले प्रदुषण फैलाउने छन

महामारी जन्माउने छन
फेरि महामारी फैलाउने छन

 

प्रतिक्रिया