नेपालमा एकैदिनमा १४७७ जना कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ कार्तिक ३० गते १२:४२ मा प्रकाशित

नेपालमा एकैदिनमा १ हजार ४ सय ७७ जना कोरोनाबाट संक्रमित भएका छन् । गत २४ घण्टामा उक्त तथ्यांक आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ७ सय ९८ जना निको समेत भएका छन् ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ सय ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३ सय ५२ महिला र ४ सय ५५ पुरुष रहेका छन् ।

हाल मुलुकभरि कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७३ हजार ४ सय ३० पुगेको छ ।

यस्तै हाल देशभर ३५ हजार १ सय २५ जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १ हजार २ सय २१ पुगेको छ । २४ घण्टामा ६ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया