बसन्त खड्काले ल्याए प्रेम सँग मिलेर प्रेमिल गीत

इनेप्लिज २०७७ कार्तिक २९ गते १९:४४ मा प्रकाशित

गीतको भोकल रेकर्डिङ् नर्थ क्यारोलाइनाको केरी स्थित समीर मानन्धरले आफ्नै स्टुडियोमा गरेका हुन भने सम्पादनको काम काठमाडौँको कमलपोखरी स्थित भ्वाइस रेकर्डिङ् स्टुडियोमा गरिएको हो।गीतको ध्वनी सम्पादन (अडियो एञ्जिनियारिङ्ग) संगीत संयोजक दीप तुलाधरले नै गरेका छन्।लिरिकल भिडियोको सम्पादन नविन निरौलाले गरेका छन।

यस अघि नेपालका सुप्रसिद्ध गजलकारहरूको गजल समेटेर बसन्त खड्काले “मृग तृष्णा” नामक एल्वम स्रोतासामु ल्याएका छन् भने “गोधुली, “लालिमा” “छहरा”, “बेस्ट अफ बसन्त खड्का १ र २ लगायतका गीती एल्बम पनि बसन्तका अन्य सांगीतिक सिर्जना हुन्।कन्चन एल्बमका लागि भने उनी हाल देश विदेशमा रहेका विभिन्न चर्चित श्रष्टाहरू संग सहकार्यमा गीत गजल रेकर्ड गरिरहेका छन्।कन्चन एल्बमका लागि यस अघि उनले अम्बर गुरुङको रचना र संगीतमा “राजमार्ग”,डा. ऋषि बस्ताकोटीको रचना र आफ्नै संगीतमा “संगै संगै ,सुविद गुरागाइको रचना र आफ्नै संगीतमा “कालापानी”, रत्न शमशेर थापाको रचना र बसन्त खड्काको संगीत सुनिता दुलाल सँग युगल स्वरमा “घुम्टो” लगायत गीतहरू सार्वजनिक गरिसकेका छन्।

भर्जिनिया निवासी पेशाले विश्व बैंकका आर्थिक नीती विज्ञ प्रेम सङ्रौला डीसी-भर्जिनिया क्षेत्रामा सामाजिक तथा साहित्यिक व्यक्तित्वका रुपमा परिचित छन। डीसी क्षेत्रमा सन्चालित कोठे कवि गोष्ठीका संस्थापक मध्यका एक सङ्रौलाका “सुकीधुपी” खण्डकाव्य र दर्जनौ फुटकर निवन्धहरू बिभिन्न साहित्यिक पत्रिकाहरूमा प्रकाशित छन भने एक कविता सङ्ह्रह प्रकाशनको तयारीमा छ ।

हेर्ने गीतको जमानामा निकै गम्भिर प्रकृतिको प्रेमिल गीतमा आफूले प्रेम सङ्रौला सँग सहकार्यमा यो गीत गर्न पाएकोमा खुसी व्यक्त गर्दै गायक तथ संगीतकार खड्काले यो गीत एक पटक हेरिदिन अनुरोध गरेका छन ।

प्रतिक्रिया