शनिबार, मंसिर २० २०७७
काठमाडौं १८:१२
वासिङटन डिसी 07:27

महाकवि जयन्तीको अवसरमा प्रदेश २ बाट साहित्यकार गुप्तालाई शान्ति समाजको सम्मान

सञ्जय मित्र,रौतहट, २०७७ कार्तिक २९ गते १७:०१ मा प्रकाशित

सञ्जय मित्र,रौतहट,

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यालयले प्रदेश २ बाट श्रीनारायण दाहाल स्रष्टा सौगात २०७७ रौतहटकी साहित्यकार रेणु गुप्तालाई प्रदान गरेको छ ।नेपालीका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जयन्तीको अवसर पारेर वीरगंजमा कार्यक्रमको आयोजन साहित्यकार गणेश लाठ र समाजका केन्द्रीय सचिव परमानन्द चौधरीले हस्तान्तरण गरेका हुन्।

समाजले देशभर एक साथ ११ साहित्यकार सम्मानित तथा पुरस्कृत गर्ने क्रममा प्रदेश २ बाट नारी साहित्यकार गुप्तालाई छनोट गरेको हो।बज्जिका,भोजपुरी र नेपाली भाषामा साहित्यको विभिन्न विधामा कलम चलाउने गुप्ताका चार कृति प्रकाशित छन् । गुप्तालाई ताम्रपत्रका साथ २० हजार नगद पनि प्रदान गरिएको छ।

गुप्तालाई वीरगंज जेसीस, साहित्य दरबार वीरगंज,लक्ष्मी साहित्य समाज वीरगंज,वीरगंज कलेजलगायतका संस्थाहरुको तर्फबाट पनि सम्मान प्रदान गरिएको छ।

पुरस्कार र सम्मानले साहित्यकारहरुमा सकारात्मक ऊर्जा भर्ने गरेको बताउँदै गुप्ताले प्रदेश २ बाट आफू सम्मानित हुने अवसर पाउँदा अझ जिम्मेवारी थपिएको अनुभव भएको बताएकी छन्।

भाषा,साहित्य तथा कला र संस्कृतिको संरक्षणमा प्रदेश २ निकै पछाडि रहेको र अझ प्रदेश २ मा नै रहेर साहित्यको सेवा गर्ने महिलाको संख्या अत्यन्त न्युन रहेको सन्दर्भमा महिला सर्जकलाई समाजको केन्द्रीय कार्यालयले सम्मानित गर्ने निर्णय गरेर साहित्य सिर्जनामार्फत प्रदेशका सम्पूर्ण महिलाको सम्मान गरेको केन्द्रीय सचिव चौधरीले स्पष्ट पारेका छन्।

-सञ्जय मित्र,रौतहट

प्रतिक्रिया