आइतबार, साउन १० २०७८
काठमाडौं १४:२०
वासिङटन डिसी 04:35

ट्रम्प बाइडेनसंग चुनावमा पराजित भएता पनि हार अस्विकार गरेपछि ओबामाको आयो यस्तो प्रतिक्रिया

इनेप्लिज २०७७ कार्तिक २९ गते १५:११ मा प्रकाशित

रिपब्लिकनका राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्र्याटका जो बाइडेनसंग निर्वाचनमा पराजित भै सकेका छन् । तथापी ट्रम्पले हार अझ पनि स्विकार गरेका छैनन । चुनावको नतिजा बाइडेनको पक्षमा गएको र बिजयी घोषणा भै सक्दा पनि ट्रम्प चुनाव अभियान र रिपब्लिकन तथा ट्रम्पका कट्टर समर्थकहरुले चुईक्क पनि बोलेका छन् । मानौ फेरी पासा पल्टिन्छ भन्ने झिनो आशामा प्रतिक्षारत रहेका छन् ।

चुनावमा हारेका ट्रम्प ५-७ दिन कुनै पनि सार्वजनिक स्थलमा सहभागी नभई गत नोभेम्बर १३ शुक्रबारका दिन कोरोना भाइरसको अध्यावधिक दिन पहिलो पटक उपस्थित भएका थिए । तर उनको चहक निकै मुर्झिएको छ । उनि शान्त र गम्भीर मुद्रामा देखिए । तर अमेरिकामा ५० वटै राज्यमा गणना भै सकेको अवस्थामा पनि पराजित भएको अस्विकार गरे पछि विभिन्न व्यक्तिहरुले टिका टिप्पणी गरि रहेका छन् ।

यसै क्रममा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले ट्रम्पले चुनावमा भएको पराजित लाई नस्वीकारेर लोकतन्त्रमा क्षति पुर्‍याइरहेकाे आरोप लगाएका छन्।

ओबामाले सीबीएस न्युजलाई अन्तर्वार्ता दिँदै ओबामाले ट्रम्पले कुनै बिनाप्रमाण निर्वाचनमा धाँधली भएको आरोप लगाएर लोकतन्त्रलाई चुनौती दिएको बताएका हुन्।

उनले अन्तर्वार्तामा भने ‘जो बाइडेनले स्पष्ट रूपमा चुनाव जितिसकेका छन्। मत गणनामा धाँधली भएको आरोप लगाउँदै कानुनी लडाइँ लड्ने चुनौती दिदै केही राज्यहरुमा मुद्दा हालेता पनि अदालतले अस्विकार गर्दै कुनै धाधली नभएको स्पष्ट पारी सकेको छ ।

अन्तर्वार्तामा ओबामाले भनेका छन्, ‘ट्रम्पले यसकारण धाँधलीको आरोप लगाइरहेका छन् कि उनलाई पराजित हुन् मन छैन।’

‘मलाई अचम्म त के लागिरहेको छ भने रिपब्लिकन दलका अन्य नेता किन सबै कुरा थाहा पाएर पनि ट्रम्पलाई साथ दिइरहेका । यसो गरेर उनीहरूले बाइडेनको जितलाई अस्वीकार मात्र गरिरहेका छैनन्, बरु लोकतन्त्रलाई नै क्षति पुर्‍याइरहेका छन्, यो डरलाग्दो कुरा हो।’ओबामाले अगाडी भने ।

पूर्वराष्ट्रपति ओबामाले प्रकाशन हुन लागेको आफ्नो नयाँ संस्मरण ‘अ प्रमिस ल्यान्ड’ को सन्दर्भमा सीबीएस टेलिभिजन(दूरदर्शन)लाई अन्तर्वार्ता दिएका हुन्। उक्त पुस्तक नोभेम्बर १७ देखि बजारमा उपलब्ध हुनेछ।

डेमोक्र्याटका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले रिपब्लिकनहरुको पकड रहेको राज्य जर्जियामा समेत राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै कूल ३०६ इलेक्टोरल भोट (निर्वाचकीय मत )प्राप्त गर्न सफल भएका छन ।

गत नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपतिको चुनावको अन्तिम ५० वटै राज्य र वाशिंगटन डिसी सहित सबैको नतिजा आएको छ । यता ट्रम्पले कूल २३२ निर्वाचकीय मत प्राप्त गर्न सफल भएका छन् । यता मिसिगन ,पेनसेलभेनियामा ट्रम्प चुनाव अभियानले अगाडी बढाएको कानुनी चुनौतीमा हार खानु परेको छ ।

प्रतिक्रिया