आइतबार, साउन १० २०७८
काठमाडौं ०४:३२
वासिङटन डिसी 18:47

बिश्व बजार र भाइरल टिकटक

दीपक पन्त २०७७ कार्तिक २९ गते १३:०२ मा प्रकाशित

सन् २०१६ को अन्त्यतिरबाट आधिकारिक लन्च भएको टिकटक एप्स यति छिटो समयमा यति भाइरल होला भनेर शायद डेभलपरलाई पनि अनुमान थिएन होला ।

४- ५ बर्षको दैरानमा आज विश्वका करोडौ व्यक्तिहरू यसको सुपर फ्यान भइ सकेका छन् । हाल बिश्व बजारको आकाँडा हेर्ने हो भने २ बिलियन मानिसहरुले यो एप्स डाउन लोड गरीसकेको र ८०० मिलियन मानिसहरु दैनिक यसको प्रयोगमा एक्टिभ रहेको तथ्यांक देखिएको छ । यसरी हेर्दा संसारका धेरै मानिसहरु आज टिकटकसँग आफ्नो दैनिकी साटिरहेका छन् भन्दा अन्यथा नहोला ।

यसरी हेर्दा यति छोटो समयमा यति धेरै व्यक्तिहरुको रोजाइमा कसरी पर्यो त टिकटक ? हुनत टिकटकमा बढी रम्ने टिनएजर यूवा जमात देखिए पनि सबै उमेरका व्यक्तिहरुको लागि टिकटक एक “सुगर रोगको लागि इन्सुलेसन ” जस्तै एडिक्सन भइ सकेको देखिन्छ ।

बिश्वका अन्य देशका नागरिक जस्तै देश भित्रै रहेका नेपाली देखि बिश्वको जुनसुकै भूगोलमा रहेका नेपाली युवायुवतीहरु सबैमा आज टिकटक एक फेसन बनि सकेको देख्न सकिन्छ । आज हरेका घरघरमा सबै बयस्क छोरीहरु / छोराहरु बन्द कोठामै रमाई रहेका हुन्छन् । कोहीं कौशीमा टिकटकको सहारामा एक्लै उफ्री रहेको देखिन्छ । कोही सडकमा हातमा मोबाइल लिदैबर्बराउँदै टिकटक भिडियो सुट गरी हिडिरहेको देखिन्छ ।

त्यति मात्र हैन कहिल्यै मिनीस्कट भन्दा अन्य पोशाकमा रुचि नभएकी छोरीले आमाको तुने चोली र फुल बुट्टे सारीकाँ ‘छ ? भनेर सो द्दैछिन आजकाल । हरेक साँझ कुनामा बसेर बाह्र हाते पटुकी कसरी लाउँने भनेर हजुरआमासँग खासखुस बात मार्छिन् ।

अचम्म लाग्छ । कहिल्यै गाँउ घर मेला पाँखा नहिडेको छोरो ,कम्मरमा खुर्पी ट्याग कसरी भिर्ने होबाबा ? भनेर सोध्न आउँछ ।

कहिले काँही यी कुराहरुले खुशी नि लाग्छ , भलै अर्को प्रयोजनको लागि हो तैपनि | मेरा बा लेकम्मरमा भिरेको खुर्पी ट्याग ,आज छोरोको प्रश्नले याद गरायो । यो सबै टिकटक कै देन हो भन्नहिच्किच्याउन पर्दैन ।

यी र यस्तै कुराहरु ! रमाइलै लाग्छ ।

हाम्रै गाउँबेसीका हाम्रा लोक भाकामा टिकटक भाइरल भइ रहेको देखिन्छ । यही बहानामा आजका पुस्ताले ड्रेसप म्याच गर्ने नाउँमा पुराना हाम्रा मौलिक लुगा /कपडाहरु तथा अन्य उपयोगीबस्तुहरुको बारेमा जान्न /देख्न पाएको देखिन्छ ।

विज्ञानले बिस्थापित गरेका हरेक पुरातात्विक कुराहरु आज हरेकका मोबाइल मोबाइल माछाएको देखिन्छ । यसलाई टिकटक कै देनका रुपमा लिन सकिन्छ ।

गीत वा सम्बाद ,शब्द वा कमेडी जे मा भिडियो छायाँङ्कन गर्दा नि कथाले मागेको दृश्य राखिनेहुँदा बार्ह्र हाते पटुकिले गीतको टिकटकमा हजुरआमा कै सही बाह्र हाते पटुकी नै देखाएको छ ।

डोको र नाम्लो ,ढिकी र जाँतो गीतको बोलमा पनि लोप भइ सकेका यस्ता बस्तुहरु भोलिका पुस्ताले सम्झिरहने अवस्था टिकटकले बनाएको छ ।

यसको अलावा करोडौं लगानी गरेर मात्र कला र गला प्रस्तुत गर्न पाइने व्यवशायिक युगमा,सामान्य मानिसले पनि एप डाउन लोड गरेर आफूलाई मन परेको कुनै पनि विधा चाहेँ त्यो गीत/संगीत होस् वा नृत्य वा कमेडी वा प्रबचन वा हेल्थ टिप्प वा बिज्ञापन वा यौन खुराक सबैको साझाचौतारी बनाउन सक्ने अवस्था टिकटक ले प्रदान गरेको तथ्यलाई सबैले स्वीकार गर्नुको बिकल्पदेखिदैन ।

यसमा अपडेट भइ रहेका नयाँ नयाँ क्यामेरा लगायतका फिचरले त झन् यसको आकर्षण अझै बढाएको देखिन्छ ।

जन्मजात देखिएको आफ्नै बिम्बलाई पनि क्यामेराको जादुबाट कालोलाइ गोरो ,गोरोलाइ कालो , बिभिन्न कपालका डिजाइनहरु ,आफ्नै छाँया सल्बलाउँदा पनि रमाईलो लाग्ने उमेर समुहका व्यक्तिहरुमा आफ्नै एकै कृया का ३/४ छायाँ आकृतिहरु एकै चोटी क्रियाशील हुने,जस्ता थप आकर्षण बनाउन सकिने ,अन्य भर्सनहरुले यसको उपदायितामा सबै बर्ग लोभ लाग्दो तरिकाबाट आकर्षण भएको देखिन्छ ।

हिजो आज सबै समाजमा ब्यस्थताको आवरणमा क्रेडिट लिए पनि सामाजिक मनोविज्ञान वाधार्मिक प्रबचन वा राजनैतिक आलेखको पाठक घट्दै जानु एक प्रमुख कारण टिकटककोअकल्पनीय बजारीकरण र ग्ल्यामर्स नै मुख्य हो ।

आजका मानिसहरु डिजिटल युगमा प्रवेश गरि सके । २० मिनेट लगाएर एक समसायामिक स्तरीय आलेख पद्दने/ हेर्ने फुर्सद जो कोहीलाई कहाँ हुन्छ र ? त्यसको सट्टा १५ सेकेण्डको टिकटक भिडियो ल्किपको मज्जा नै बेग्लै ? कतिपय टिकटकबाट हेर्ने बित्तिकै पाइने सस्तो मनोरंजन र आनन्दले र स्ट्रेस ह्रास गराएको सत्यतालाई पनि नकार्न सकिदैन ।

टिकटक मेकरको भ्यू बाट हेर्दा यसको व्यापकता अझ बेग्लै देखिन्छ । आफ्नै कला देखाउन निकरोडौ लगानी गरी निर्माता वा निर्मात्री बन्नु पर्ने वा कहिँ न कतै आफ्नो अस्मिता बेच्नु पर्नेबजारी हल्लाहरुको पनि टिकटकको आगमनले अन्त्य गरिदिएको छ ।

एक सानो स्मार्ट फोन ।बस् आफै एक्टर ,आफै डाइरेक्टर सबै आफै हुन् पाइने सुबिधा । नो कस्ट ! नो टेन्सन !

ग्ल्यामरै ! ग्ल्यामर !!

हुन् पनि कति फेसन भा’को यो टिकटक भनाउँदो | बरु गाँस छोड्छन् | साथ छोड्छन् तर टिकटक छोड्दैनन् । दिनको २/४ भिडियो ल्किप नबनाई त दिन कसरी बित्ला ? फेरि कति भिवर्स भए ? कतिले के के कमेन्ट गरे ?त्यसको हिसाब किताब राख्न पर्यो |

दिन त के आधा रात सम्म पनि छोरा /छोरी के मा छन् भन्दा टिकटक मा । खाना चिसो भै सक्यो बुनु ,कति पढ्नु परेको ? यसो तल झरे नि हुने नि ! आमा गन गनाउछिन । ए छोरो ,तल झरन । अलिकति हेल्प चाहियो क्या । बाबु निम्ता गर्दछ ।

तर कोहिँ टस का मस हुदैनन् । दुबैको उत्तर हुन्छ एक छिन् पछि । तर त्यो एकछिन कहिल्यै आउँदैन । कारण दुवै टिकटक मै ब्यस्थ छन् ।

अस्ति सिमसिम पानी पर्दै थियो , भाइको कट्टु र टिसर्ट लगाएर छोरी छतमा दौडदै उक्लीइन । आमा भन्दै थिइन् । नानी झरी परी रा’को छ , किन छतमा ?

अनि के लुगा ला ‘को नि त्यस्तो ? सब्बै देखिने गरी ? यत्तिका दिनदेखी यही झरी त कुरी बसेको थिएँ नि आमा । सुपर हिट फिल्म मोहोराको कत्ति चलेको गीत टिप, टिप ,बर्षा पानी ! पानी मे आग लगा !! को सुटिङ्ग गर्नु छ । कत्ति चलेको गीत हो ! छोरी ले जवाफ फर्काइन् ।

आमा अक्क न बक्क भईन । कुन “मोहोरा” कुन “वर्षा” केही बुझिनन् । एक हप्ता देखी छोरोको कपाल देखेर बाबु तनाबमा थिए । भन्दै थिए ,बाबु के जोगीको जस्तो कपाल बनाको ? अलि सुहाएन नि । लट्टा परिसक्यो | काट्न, छोरो ।

नाइँ बाबा ,म त भाइरल अघोरी बाबाको दुइ चार क्यारी केचरको टिकटक नबनाइ ,मरे निकाट्दिन । छोरोले उत्तर फर्कायो । त्यति मात्र कहाँ हो र ? श्रीमतिजीको गुनासो अर्कै थियो ।

पल्ला घरकी आन्टीको तिजको रिमेक्स को ३ मिलियन भिवर्स भए अरे । यो रातो सारीमा भन्नेगीतमा । तिमीले त यो साल ,नयाँ साडी नै किन्दियनौ नि | अनि कुन साडी ला’र टिकटक बनाउने? लोभी बुढो !

टिकटकका कारणले केही त राम्रो कुरा पनि हुँदा रहेछन् । आजकल , हेरौ त पुराना कपडा फाल्नैनपर्ने । आँधी उध्रेका , लाजका गहना ढाक्ने तिर फाटेका को त डिमाण्ड नै अर्को छ रे त् ? रातारातभाइरल ! वा क्या फेसन !क्या जमाना !

कति दिमाग ला’र ,समय ला’र , अध्ययन खोज गरेर एक सामाजिक बिषयको लेख लेख्यो | सबैलाई बोर , नो कमेन्ट ! नो रिडर नो भिवर्स ।

मन मिल्ने एउटा साथीलाई सोधे |हैन ,मेरो एक हप्ता अघिको एउटा लेख सार्है सामाजिक बिषयको उठान थियो । शीर्षक थियो, “जीवन र स्खलित सम्बन्धहरु”खै ? त्यति चलेन नि ? मैलेजिज्ञासा राखे ।

उसको जबाफ थियो । अलि लामो भो सर | फेरि भिज्युअल पनि नभएको कन्टेन्ट आजकल त्यतिचल्दैन क्या । त्यसैले होला । उसले प्रस्ट्यायो ।

हैन, सबैलाई मिनीस्कट लगाएको छोटै चल्ने भएसी ,अब म पनि टिकटक तिरै जानु पर्ला कि ? मनमनै नयाँ सोच पलायो ।

टिकटक को महिमा अपार ।

विधा पनि कति हो कति ? कसैको गीत / संगीत , व्यंग , डान्स , ?

गीत भित्र नि लोक, आधुनिक गीत, पप, र्र्याप , पुराना, नयाँ हिन्दी , अग्रेजी सबैमा दमदारअभिनय गर्न पाइने ।

खप्तड स्वामी देखी अमिताभ बच्चन सम्म , माला सिंहा देखी आँचल शर्मा सम्म बन्न पाइने |

वा टिकटक वा !
हुँदा हुँदा बिरामी जाच्ने डाक्टर पनि टिकटक बाट नै साबुन पानी ले हात धोएको भिजलदेखाउनछन् । अनि भन्छन् यो बिधि बाट उपचार गरेको रोगीले छिट्टो कुरा बुझ्ने , रमाउने अनिप्रभाबकारी असर भएको कुरा बताउँछन् ।

मनोबिश्लेसक पद्म प्रसाद घिमिरेको बिचारमा “ समाजमा सामुहिक भिडको गति जता बहेको हुन्छ, व्यक्ति स्वतन्त्र बस्नै सक्दैन ढिलो छिटो ऊ पनि त्यो अग्नि कुण्ड मा जल्नै पर्ने हुन्छ ।”

अत: यो टिकटक अब हरेक घर घरको दिन चर्या बन्ने कुरामा कुनै शंका रहेन ।

हरेक विधामा टिकटक कमाल देखाउँन पाइने । आहाँ कस्तो गज्जब ? हात हुने हात, कपाल हुनेले कपाल , छाती हुने ले छाती , आँखाको भाका बोल्ने ले आखाँ , कम्मर , नितम्ब | जहाँ जे खोपेपनि | जहाँ जसले छोपे पनि | भाइरलै भाइरल ! जे मा ,जसरी पनि भाइरल हुन् पाइने ।

केहीं समय अघि केराको पातले लाजका गहना ढाकेको पनि भाइरल भाथ्यो , नितम्बमा मुन्द्रीलाको नि भाइरल भाथ्यो |

क्या गज्जब !

थुनचोली देखाको नि भाइरल ! गुन्यु चोली नाँचेको नि भाइरल ! धन्य टिकटक , तिम्रो कमाल ।

केही दिन अगाडि अस्ट्रेलिया बस्ने बहिनी सँग श्रीमतीजीको बार्ता हुन्दैथ्यो |

यति लामो लक् डाउन भो ,

के गरेर दिन काटी रा’छौ ?

के गर्नु दिदी ,यसो टिकटक सिक्टक बनायो । भिवर्स हेर्यो |कमेन्ट गर्यो |सजिलै दिन बितिराछ ! आफुपनि हप्तामा दुइ चोटी नाँचको टिकटक बनाउँछु । बहिनी को जफाव थियो ।

अस्ति मर्निङ्ग वाकमा रिमालनी भाउजू भेट हुनु भयो ।

सोधे “हैन जिऊ त् मज्जाले घटाउनु भएछ त् भाउजू ?”

मैले आश्चर्य मिश्रीत प्रश्न गरे ।

अनि नि बाबु ! त्यो “माइत जान रहर लाग्यो” भन्ने गीतको मोडल त् साह्रै राम्री स्लीम रहिछ मोरी|उसैको गीतमा एउटा टिकटक बनाऊ भनेको |

त्यसैले उहीँ जस्तै देखिन अलि जिउ घटाएकी हुँ बाबु । भाउजुले मीठो पाराले प्रस्ट्याइन ।

अब यसरी हेर्दा आज बयस्क, युवा मात्र नभएर हरेक उमेर समुहका मानिसहरु टिकटकको एडिकभइ सकेको देख्न सकिन्छ ।

यसलाई कसरी लिने ? आज बहसको बिषय बनाउनु पर्ने अवस्था भइ सकेको छ ।

पढ्ने ,आफ्नो क्यारियर मा फोकस हुने समयमा ,यो किसिमको एडिक्सन बाट कसरी आफू,आफ्ना सन्तति हरुलाई बचाउने ? यो अहम् प्रश्न आज हरेक अभिभावकको लागि यक्ष प्रश्न बनितेर्सिएको देखिन्छ ।

विज्ञानले दिएको नयाँ खोज अनुसन्धानको उपलब्धी लाइ आबस्यकता भन्दा बढी प्रयोग गरी एडिक्सन हुँदा यसले पुर्याउन सक्ने सम्भावित दुर्घटनाका लागि जो कोही हामी तयार रहनुको बिकल्प रहदैन ।

अत: समय छँदै यस्तो प्रकृतिको एडिक्सनको शिकार हुनबाट बच्न सचेत रहनु नै बुद्दिमानी हुनेछ ।

दीपक पन्त ,मिल्वाकी , अमेरिका

प्रतिक्रिया