नोबेल अस्पतालबाट २६७ सङ्क्रमित निको भए–३० बेडको भेन्टिलेटर सुविधा

इनेप्लिज २०७७ कार्तिक २९ गते ११:०० मा प्रकाशित


विराटनगर,२९ कात्तिक।नोबेल शिक्षण अस्पताल विराटनगरमा २६७ कोरोना सङ्क्रमित विरामी उपचार पश्चात निको भै घर फर्केका छन्।

अस्पतालमा उपचारका लागि आएका कोरोना सङक्रमण र उपचारको क्रममा सङकमण भएका ३९५ विरामहरुलाई आईसोलेशनमा भर्ना गरिएका मध्ये २६७ निको भै अहिलेसम्ममा घर फर्केको अस्पतालका प्राचार्य रामहरि घिमिरेले जानकारी दिनु भयो।

अस्पतालमा होम आइशोलेसनमा र अन्य अस्पतालबाट गम्भिररुपमा रहेका सङ्क्रमित विरामीहरुलाई उपचारका लागि पठाएकोहरुको मात्र मृत्यु भएको घिमिरेले बताउनु भयो।

अस्पतालमा अहिले ३३ जना सङ्क्रमितको उपचार भैरहेको छ।सङ्क्रमित विरामीहरुको उपचारका लागि अक्सिजन सुविधा सहितका १५० बेड छुट्याईएको छ भने भेन्टिलेटरसहितका ३० बेड रहेको अस्पतालले जनाएको छ।

 

प्रतिक्रिया