सोमबार, साउन १८ २०७८
काठमाडौं ०२:०३
वासिङटन डिसी 16:18

अमेरिकामा कोरोना संक्रमितको संख्या आकासिदै ,एकैदिनमा १ लाख ५३ हजार संक्रमित ,९१९ जनाको मृत्यु

इनेप्लिज २०७७ कार्तिक २८ गते ११:४१ मा प्रकाशित

अमेरिकामा हरेक दिन कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा अत्यधिक वृद्धि हुदै गएको जोन्स हप्किन्स बिश्व बिद्यालयको आँकडाले देखाएको छ । अघिल्लो दिनको सक्रमितको संख्यालाई अर्को दिनमा अझ बढी संक्रमित भएको तथ्यांक आई रहेको छ ।

अमेरिकामा एकैदिनमा नयाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अहिले सम्म कै सर्वाधिक १ लाख ५३ हजार ४ सय ९६ पुगेको छ । यसै गरि एकैदिनमा ९ सय १९ जनाको मृत्यु भएको जोन्स हप्किन्स बिश्व बिद्यालयले जनाएको छ । १ लाख ५० हजार नाघेको यो पहिलो हो ।

गत बिहिबार नोभेम्बर १२ का दिन २४ घण्टामा उक्त आँकडा लिइएको हो । अमेरिकाक सबै राज्यहरुमा सतर्कता र सावधान अपनाउन सूचना जारी गरिएको छ । मुखावरण(मास्क)अनिवार्य लगाउन ,सामाजिक दूरी कायम गर्न ,भिडभाड नगर्न ,ठूला भोज भतेर आयोजना नगर्न सबै तिर राज्यहरुले धमाधम आग्रह र नियम लागू गरि रहेका छन् ।

हाल सम्म कूल १० करोड ७२ लाख ९ हजार ६ सय मानिसहरु संक्रमित भएका छन् भने कूल निको हुनेको संख्या ३९ लाख ८३ हजार पुगेको छ । यसैगरी कूल मृत्यु हुनेको संख्या २ लाख ४७ हजार ४ सय ५६ पुगेको छ ।

श्रोत :सिएनएन जोन्स हप्किन्स बिश्वबिद्यालय

प्रतिक्रिया