नेपाल आइडल फेम्ड गायक गायिकाको स्वरमा ‘कालापानी सिमाना’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७७ कार्तिक २८ गते ४:५३ मा प्रकाशित

काठमाडौं । वीर नेपाली सेनाप्रति समर्पित गर्दै गीतकार सुमन योञ्जनको शब्दमा रहेको देशप्रेम गीत ‘कालापानी सिमाना’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा अम्बेर तुम्बापो र किरण गजमेरको संगीत रहेको छ। यस गीतलाई कमल राईले संगीत संयोजन गरेका हुन्।

यस गीतमा नेपाल आइडल फेम्ड गायिका मेघा श्रेष्ठ , पवन गिरी, बिक्रम बराल र साथमा किरण गजमेर र कमल राईको स्वर सुन्न सकिन्छ।

देशको निम्ति ज्यानको बाजी राखेर लड्ने सिपाहीको कथा समेटिएको म्युजिक भिडियोमा निराजन प्रधान , गीता थापा , राम प्रसाद हुमागाई र अजय हुमागाईको अभिनय देख्न सकिन्छ। हरि हुमागाईले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्। मन्जु खड्का योञ्जन उत्पादक रहेको भिडियोलाई सिम्पल खरेलको निर्देशनमा भिडियो तयार पारिएको हो ।

अमेरिकामा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गीतकार योञ्जनका यसअघि ‘पानी पिउने बहानामा’ , ‘हामी संग संगै हिड्दा’ बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन्। भर्खरै सार्वजनिक म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण संगीत प्रेमीलाई आग्रह गरेका छन्।

प्रतिक्रिया