हेर्नुहोस, संसारको सबै भन्दा ठुलो शिभलिङ्ग । मानहूडाँडा भन्दा राम्रो ठाउ !

इनेप्लिज २०७७ कार्तिक २८ गते ३:२२ मा प्रकाशित

पोखरामा विशाल महादेव मूर्ति निर्माण स्थलमा महादेवको मूर्ति जडान गरिएको छ । पोखरा महानगरपालिका २२ स्थित पुम्दीकोटको विशाल महादेव मूर्ति निर्माणस्थलमा महादेवको मूर्ति जडान गरिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो । विशाल महादेव मूर्ति निर्माण समितिका संयोजक समेत रहनुभएका बरालले बुधबार महादेवको शिर भागको जटा जडान गरिएसँगै भगवान महादेवको पूर्ण आकृतिको मूर्ति स्थापना भएको जानकारी दिनुभयो ।

अहिले पद्मासन शैलीमा ५१ फिट उचाइमा महादेव विराजमान हुनुभएको छ , उहाँले भन्नुभयो ” अव त्रिशुल, डमरु र महादेवका बाहन नन्दीको जडान कार्य हुँदैछ । मूर्ति स्थापनासहित गणेशले परिक्रमा गरिरहेका १०८ शिव लिङ्ग, १०८ स्वर्गद्धारी सिंढी लगायत संरचना निर्माण गर्दा १९ करोड रुपैया खर्च भएको बताउदै उहाँले तत्कालका लागि २ करोड रुपैया आवश्यक रहेको समेत जनाउनुभयो ।

हेर्नुहोस, संसारको सबै भन्दा ठुलो शिभलिङ्ग । मानहूडाँडा भन्दा राम्रो ठाउ !

प्रतिक्रिया