मंगलबार, मंसिर १६ २०७७
काठमाडौं २१:३७
वासिङटन डिसी 10:52

उत्तर क्यारोलाइनामा आएको बाढीको कारण ४ जनाको मृत्यु र २ जना बेपत्ता

इनेप्लिज २०७७ कार्तिक २८ गते ३:१५ मा प्रकाशित

उत्तर क्यारोलाइनामा आएको बाढीको कारण ४ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन । कम्तिमा ४ जनाको निधन भएको छ भने ३१ जनालाई उद्धार गरिएको छ ।

उत्तर क्यारोलाइनाको अलेकजेन्डर काउन्टीको भिषण बर्षाको कारण बाढी आएको जानकारी अधिकारीहरुले दिएका छन् । ३ वटा शव दक्षिण याडकिन नदिको हिडेनाइट परिवारको प्राङ्गणमा ७ देखि १० इन्च सम्म भारी बर्षाको कारण ठूलो बाढी आएको जनाएका छन् ।

यसैगरी वस्ती नदिमा रहेको पूल भत्कदा सवारी साधन दुर्घटना भै मृत्यु भएको काउन्टी अधिकारीले जनाएका छन । अलेकजेन्डर काउन्टीमा कम्तिमा पनि ४ वटा पुल बगाएका छन ,जुन चार्लोट्सबाट उत्तरपश्चिम ५० माइल टाडा छ ।

यसैगरी हिडेनाइट परिवारको प्राङ्गणबाट ३१ जनालाई उद्धार गरिएको छ भने अझ पनि वयस्क र बालबालिकालाई खोजी गरि रहेका छन । पानी ज्यादा भएको कारणले ढोका खोल्न समस्या भएको छ ।

काउन्टीले कम्तिमा १३ जनालाई सुरक्षित स्थानमा शरण दिएको छ । दक्षिण याडकिन नदी छेउमा राखिएको कार बर्षाको कारण पुरै डुबेको छ ।

श्रोत : सिएनएन

प्रतिक्रिया