मंगलबार, मंसिर १६ २०७७
काठमाडौं २३:१८
वासिङटन डिसी 12:33

भर्जिनिया हर्नडन परिषद सदस्यमा दोश्रो पटक बिजय भएका प्रदिप ढकाललाई कूल ५,३५९ मत प्राप्त

इनेप्लिज २०७७ कार्तिक २८ गते २:०९ मा प्रकाशित

गत नोभेम्बर ३ मंगलबारका दिन सम्पन्न अमेरिकी राष्ट्रपति,उप राष्ट्रपति,सिनेटर,प्रतिनिधि सभा सदस्य र अन्य स्थानीय स्तरमा भएको निर्वाचनमा भर्जिनियामा बस्दै आएका युवा नेपालीमूलका प्रदिप ढकाल भर्जिनिया हर्नडन परिषद सदस्यमा दोश्रो पटक बिजयी भएका छन् ।

उक्त दिन नै निर्वाचनको परिमाण आएता पनि आधिकारिक रुपमा घोषणा भएको थिएन । अनौपचारिक रुपमा उनले ४ हजार ८ सय ३९ मत प्राप्त गरि आफ्नो सदस्य पद सुरक्षित गरेका थिए ।

उनले भर्जिनियाको हर्नडन टाउन काउन्सिल(शहर परिषद )को सदस्य पदमा दोस्रो अधिक मत प्राप्त गर्ने र दोश्रो कार्यकालको लागि आफ्नो पद निश्चित गरेका छन् । पहिलो पटक निकै प्रचार प्रसारमा व्यस्त भएका ढकाल यस पटक महामारीको कारण घर दैलो कार्यक्रममा उपस्थिति नजनाएता पनि चुनावमा उनले उठान गरेका मुद्धाहरुलाई जनताले मन पराए ।

केही गरौ भन्ने उद्धेश्यले स्थानीय स्तरबाट प्रवेश गर्दै अमेरिकी मूलधार छिर्ने ढकाल यस क्षेत्रमा निकै प्रख्यात छन् । र ,जनतालाई सेवा दिन तत्पर रहेकोले उनलाई मुल्यांकन गरिदै दोश्रो पटक पनि मतदाताले उनलाई सेवा गर्ने अवसर दिलाई दिएका छन । यसरी अमेरिका मूलधारमा प्रवेश गर्ने मध्ये ५ औलामा पुग्ने प्रदिप ढकाल एक हुन् ।

ईनेप्लिज परिवारको तर्फबाट नगर परिषद सदस्यमा बिजयी भएका प्रदिप ढकाललाई बधाई !

प्रतिक्रिया