मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १५:३६
वासिङटन डिसी 04:51

खारेज होला त ? एनआरएन अमेरिका ?

किन नियम मान्दैन एनआरएन अमेरिका ?

इनेप्लिज २०७७ कार्तिक २८ गते १:३७ मा प्रकाशित

वासिंगटन डिसी, सदैव नक्कली सदस्यता बनाएर बिबादमा आउने एनआरएनए अमेरिका आईसीसीको नियम नमानेर अगाडि बढ्न खोज्दा आफै खारेजीको खतरामा परेको छ ।

एनआरएन आइसीसीले हाललाई कुनै पनि एनसीसीले सदस्यता बितरण नगर्नु भन्ने पत्रको बिरुद्धमा लागेपछि एनआरएनए अमेरिका खारेजीको खतरामा परेको हो ।

आईसीसीका महासचिव डाक्टरहेमराज शर्मालेतत्काललाई सदस्यता बितरण नगर्नु भनि दिएको परिपत्र एनआरएन अमेरिकाले नमानेर अगाडि बढ्दै सदस्यता बितरण गरिरहेको छ । स्थापनाकालदेखी नै सदस्यता सम्बन्धी बिबादमापर्दै आएको एनआरएन अमेरिकाले प्राय चुनाव लक्षित सदस्यता बाड्दै आएको आरोप छ ।

आईसीसीले स्मार्ट एनआरएनए मार्फत सदस्यता रेकर्ड राख्न खोजेको भए पनि एनआरएन अमेरिकाले भने त्यो कुरा मान्न नसकिने भन्दै अगाडि बढेको छ । एनआरएन अमेरिकाले अमेरिकाको स्थानिय नियम र बिधानको कुरा गर्नु रआईसीसीले आफ्नै छाता संस्थाको रुपमा स्मार्ट एनआरएनए अन्तरगत सदस्यता रेकर्ड राख्ने खोजकेो बिबाद नमिल्दा एनरआरएन अमेरिकाले आइसीसीसंगको सम्बन्धन नै खारेज हुने खतरामा परेको हो ।

हाल निर्बाचित समिती नै २०९३ सदस्यता धेरै पहिला बनाएको र भेरिफाईड हुन नसकेका कारण अहिले सम्म बिबाद मै रहेको छ । सदस्यता बिबाद सामाधानका लागी आईसीसीले बनाएको अमेरीकाज क्षेत्रका सयोजक राजन त्रिपाठी समितीले समेत छानबिन गरिरहेको छ ।

प्रतिक्रिया