शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०३:५१
वासिङटन डिसी 18:06

ठूल्दाईको आत्म दोहन (दृष्टान्तकथा)

इनेप्लिज २०७७ कार्तिक २८ गते ०:११ मा प्रकाशित

– प्रा.डा.मेदनीप्रसाद भण्डारी,

ठूल्दाई एउटा अत्यन्त सामान्य मजदूर हो।मजदूरीको सिवाय उ सित वाँच्ने अरू कुनै उपाय छैन।हुनत उसित थुप्रै कलाहरू छन्,दक्षताहरू छन् तर उसले आफ्नो दक्षता लाई आफु सित भएको कलाकारीतालाई प्रस्तुत गर्न जानेन,विक्री गर्न जानेन।जान्नेको पिठो विक्छ,नजान्नेको चामल पनि विक्दैन भन्ने किम्बदन्ती ठूल्दाईमा शत प्रतिशत लागु हुन्छ।ठूल्दाई लाई आफ्नो दक्षता प्रति पूर्ण विश्वास छ तर दुर्भाग्य ठूल्दाईको दक्षताले न उसको गर्जो टार्ने काम गर्यो,न अरूको गर्जो टार्ने काम गर्न सक्यो।ठूल्दाईले आफ्नो दक्षता लिखित प्रमाणहरूको पसल नथापेको पनि होइन,ढोका–ढोका नचाहारेको पनि होइन तर ठूल्दाइ लाई उसको पहुचको संसारले पत्याउदै पत्याएन।उसले आफुसित भएको चामलको विक्री, पिठोको विगविगी भएको दुनियामा प्रस्तुत गर्न नै जानेन।ठूल्दाई यस्तो फोस्रो झाङ भएको छ कि अब त उ भित्रको सुगन्धित प्राण दिने चामल आफैलाई दुर्गन्धित लाग्न थालेको छ।उसका परिवारजनहरू पनि उसित आजित भइसकेका छन्।वाक्क व्याक्क भइसकेका छन्।उसको व्यवहार न असक्तले उनिहरूलाई पनि आकूल–व्याकूल बनाएको छ।नहुनु पनि कसरी,त्यो चामलको उत्पादन गर्न उसका परिवारजनहरू पनि उसितै घाममा सेकिएका थिए,हिलोमा जाकिएका थिए।उ त खाली देखाउने अनुहार थियो।त्यो उत्पादन प्रकृयामा तर वास्तविक पिडित त उसकी जाहान थिई।जसले उसलाई तन पनि ओछयाई, मन पनि ओछयाई अनि परिश्रम पनि ओछयाई।उसको भारी सबै प्रकारले बोकि मानौं उ उसको साथी होइन प्रयोगको साधन हो।उसकी जाहानले आफ्नो सर्वश्व गुमाई, आफ्ना सकै रहरहरूलाई जलाई।ठूल्दाईले उत्पादन वाहेक केही सोच्दै सोचेन। उसको सिरिफ एउटै ध्याउन्न थियो कि जसरी भए पनि सर्वोत्कृत सर्वोत्तम उत्पादन गर्ने।धेरै उत्पादन गर्ने ताकी त्यो उत्पादनको मूल्याकन पनि सर्वोत्तम होस् र वितरण पनि सर्वव्यापी होस्।उसले वास्तवमा उत्पादन वाहेक न आफूलाई सोच्यो,न गृहणीलाई सोच्यो,न वालवालिकमा नै ध्यान दियो।मानौं उसको सारा सर्वस्व भनेको श्रेष्ठत्तम उत्पादन गर्ने हो।उसकी गृहणीले नसम्झाए पनि होइन। रोइ कराई नगरेको पनि होइन तर ठूल्दाई अन्धो भएको थियो।वहिरो भएको थियो,एउटो शुद्ध जंगली भेडो भएको थियो,जून यात्रामा उ थियो,त्यही यात्रालाई सर्वोकृष्ट र उत्तम ठान्याें।त्यो भेडो ठूल्दाईले सोच्दै सोचेन मेरा पछाडि मेरी भेडी पनि छ,पाठाहरू पनि छन् र अरू लस्करहरू हुन सक्छन्।ठूल्दाईको वहुलठ्ठीपनले अरू परिवारजनलाई पर्न गएको असर यति धेरै यातनादायी छ कि उसलाई जति धिक्कारे पनि कमै हुन्छ।जति दुष्कारे पनि कमै हुन्छ।ठूल्दाईलाई उसले गरेको पापको अब भने ज्ञात भएको छ तर अब “अघि सक्यो बाटो देख्यो” उसले छर्ने विष्टा त छरिसक्यो र त्यसको दुर्गन्ध यति गहिरोसित गाडिएको छ कि अब त्यसबाट छुट्कारा पाउन असम्भव छ।अझ लाग्छ ठूल्दाईले शरीर त्याग्दैमा उसले गरेको अत्याचारको अन्त्य पनि हँुदैन।ठूल्दाईले न आफ्नो समय फिर्ता पाउन सक्छ,न उसले अत्याचार गरेर अरूको समय नै फिर्ता गर्न सक्छ।ठूल्दाई घोरिन्छ–सोच्छ उसले अठार–अठार घण्टासम्म घोटिएर गरेको मेहनत,उसका परिवारजनले उसलाई अहोरात्र खटेर गरेको मेहनत “सबै कुजोको फेदमा” गयो।उ स्वयं पनि कुजोको फेद वाहेक केही रहेन।यथार्थतामा भन्ने हो भने ठूल्दाईले उसलाई जसले प्राण ओछयाएर उसको हरेक कार्यमा सहभागी भए,सहयोग गरे सबैलाई कुचाको फेद नै बनाए।आफू बिराएर शाखा पिराउने कुपात्र भए ठूल्दाई।त्यो कुपात्रताको बारेमा ठूल्दाई अवगत छन्।

ठूल्दाई जनमजदूरी गर्छन् आजकल–त्यो उनकै मूर्खताको परिणाम हो।सायद नै ठूल्दाई जस्तो कुपात्र कोही होला जगतमा जसले आफूले उत्पादन गरेको अत्यूत्तम वस्तुलाई न आफूले उपयोग गर्न सक्यो न कसैको प्रयोगमा वितरण गर्न सक्यो।ठूल्दाई आफूमात्र स्वाहा भएनन्,आफूसितै आफूलाई सर्वस्व सुम्पेर माया गर्नेलाई उनका हरेक मूस्किलमा साथ दिनेलाई अझै भन्ने हो भने जाहान–गल्याङ्ग गुल्डुङ्ग सहित लिएर लडे।वास्तविकतामा उनको उत्पादनले सजिएको नाउ ढलकै नदीमा डुवेको छ।र ठूल्दाई एउटा दुर्घन्धको डंगुर मात्रै हो।जति छोपे पनि अब उनी गन्हाउँछन् मात्र।उनको कूरूपता यति व्यापक छ।त्यो कुरूपताले र आन्तरिक तवरमा आफूबाट स्वजनहरूलाई गरिएका अत्याचारका पापको कारण उनी वाहिर सम्म “किन चाउरिस मरिच आफ्नै पीरले” मनझै चाउरिएका छन्, दाउरो जस्ता भएका छन्।तर वाध्यता र वाँच्ने रहरले उनमा मरेको छैन। वास्तवमा उनलाई साहानुभूतिका सहायता देखाउनु पर्ने आवश्यकता उनि आफ्नै ठान्दैनन्।आफ्नै दुष्कर्मको परिणाम भोग्नु परेकोमा उनलाई आफ्नो वाहेक अरूप्रति कुनै गुनासो छैन।गुनासो छ भने आफूबाट नियात्राका पाटामा अरूलाई जुन दुःख दिन पुगे,त्यसको वारेमा चाहीँ उनलाई अत्यन्त खेद छ।यस अर्थमा उनी आफूलाई व्वाँसो जस्तो अथवा हाईना जस्तो चरीत्ररूपी ठान्छन् तर वास्तवमा भने व्वाँसो अथवा हाइना भन्दा पनि नित्कृष्ट हुन।किनकी व्वाँसो र हाईनाले आफ्नालाई सिध्याउदैन उनले त आफु सहित आफ्नालाई नै अस्तित्वको खेलवाड बनाए।आफ्नाको स्वाभिमानलाई कुल्चिए,आफन्तलाई भकुण्डो बनाए र कहिल्यै सम्मान जनक स्थान दिलाउन सकेनन्।अब ठूल्दाईलाई चेतना फिरेकै छ तर पनि उनका साथी संगी प्रत्येक व्यवहारले आजपनि उत्तिकै आक्रान्त छन्। ठूल्दाई स्वयंलाई लाग्छ उ स्वयं व्याधि हो,परपिडक परिजीवी हो।परिर्वतन हुनै नसक्ने निको हुनै नसक्ने रोग हो,जसले आफूसितै आफु सन्निर्कटलाई पनि गलाई रहेछ।

परिजीवीले आफ्नो वाहकलाई नै चोट पुरयाउछ।ठूल्दाई सवै कुराको विज्ञ त होइन तर आफुले गरेका गल्ति र कमजोरीहरूको हेक्का चाहीँ राख्छ।अनि आफूले अरूलाई दिएको दुःखको फेहरिस्त जब हेर्छ काहालिन्छ।जन्मदेखि सन्निकट भएको मृत्य सम्मको अनुमानित आकडा सित जब आफूलाई नै साक्षी बनाएर आफूलाई नै हेर्छ–ठूल्दाई एउटा सिरीफ परपिडक पिण्ड वाहेक आफूलाई केही पाउँदैन।पछ्येतापको आगो जल्नु र अक्षम्य अपराधलाई माफीका लागी अयोग्य भएको पाउँदा पाउदै पनि माफी माग्नु वाहेक अरू कुनै विकल्प ऊ सित वाँकी छैन।वेला वेला ठूल्दाईमा जीवन मोह नहराउने होइन तर भैसकेको अथवा गरिसकिएको अपराधको पछ्येतापले केही पाप मोचन भै हाल्छ कि भन्ने झिनो आस पालेर ठूल्दाई सुकेनासले खाईसके जस्तो जिर्ण शरीरले मजदुरीमा निरन्तर खटिई रहेछ।

ठूल्दाई आफूले अठार अठार घण्टा वर्षै वर्ष खटिएर उत्पादन गरेको वस्तुलाई कौडीको दाममा वेच्न अझै पनि तत्तयार छ।तर उसको उत्पादनले अब मूल्य पाउने समय नै वाँकी छैन।उसको उत्पादन अब कुहिई सक्यो।वास्तवमा भन्ने हो भने उ स्वयं एउटा सम्पूर्ण रूपमा असफलताको जड मूर्ति हो।आफ्नो असफल यात्रामा साथ दिने सबैको लागि एउटा काउछो हो,जून स्वयं पनि चिलाउँछ र तडपिन्छ र आपसमा आउनेलाई,हुनेलाई र उसलाई दलदल वाट निकाल्न खोज्नेलाई नै आफू सितै दलदलमा डुबाउँछ।विचित्र रोग हो,यो ठूल्दाई प्रवृति न धुदा धुइने,न सुकाउदा सुक्ने,न चुट्दा चेतने यो विचित्रको हुन्छ,ठूल्दाई प्रवृति। जलाउँदा त्यो भौतिक शरीर हाड मासुको आकृत्तिको त नामेट हुन सक्छ तर उसले दिएको पिडन पिडकमा एक देखि अर्को पिंडीसम्म पनि सर्न सक्छ।

ठूल्दाई भनेको प्रवृति गत समस्या हो स्वार्थको पराकाष्टा हो र स्वजन स्व–परिवारको कष्ट हो।यो प्रवृतिले आफ्नो साथ साथै आफ्ना सन्निकट भएका सबैलाई पिडा पुरयाउदछ।यस प्रकारका प्रकृतिको पहिचान समयमै भएन भने अरू ठूल्दाईहरू वढ्न सक्छन्।यो एक प्रकारको जड प्रवृति हो।जड प्रवृतिले आफ्ना आँखाले मात्रै हेर्छ,अरूका दृष्टि र दृष्टिकोणलाई अवमूल्याङ्कन गर्छ र आफू पनि खाल्डामा खस्छ,सन्निकट सबैलाई घसाउँछ।

ठूल्दाई प्रवृतिले चेत्नु भनेको सुगुरलाई मुटु सम्म तातो झिरले घोचे पछि चेतें चेतें भनेको जस्तै हो।यी मजदूर ठूल्दाईको पनि त्यही सुगुंरको अवस्था छ।विभिन्न रोगहरूले उनलाई गाँजी सकेको छ।अब उनको खट्पटाहक पनि विस्तारै कमजोर हुँदैछ।ताप र रापले आन्तरिक र वाध्य रूपमा जलि सकेको जडताले व्याक्त ठूल्दाई प्रवृतिले अर्काको मान मर्दन गर्ने क्रम भने अझै रोकिएको छैन।

ठूल्दाई लामो सास लिएर मन मनै रून्छ,काहालिन्छ,ठूल्दाईको आफ्नो मनमा नकारात्मक सोचमात्र भरिएको छ भन्ने लाग्न थालेको छ।उसलाई सवै थोक विरूप मात्र लाग्न थालेको छ।यद्यपि ठूल्दाईले हरेस खाई सकेको भने छैनन्।हिम्मत वटुल्दैछन् आफूलाई सुधार्ने कुनै वाटाहरू छन् कि त्यसको खोजी गर्दैछन् वितेका त विते तर अब पनि परिवर्तनका पक्षमा आफूलाई उभ्याउने प्रयास गर्नु उनले आफ्नो कर्तव्य ठानेका छन्।अब समयले नै बताउँछ उनी आफ्नो प्रयासमा सफल हुन्छन् कि हुदैनन् भन्ने कुरो।

समाजमा ठूल्दाई जस्ता अत्याचारी पृष्टभूमिका अरू पनि होलान् अथवा भविश्यमा पनि होलान् तर अव हरेकले आफूलाई हेर्न जरूरी छ,अन्जानमा हामी पनि कतै ठूल्दाई त भइरहेका छैनौ ? हाम्रा व्यवहार अरूका लागी घातक त बनिरहेका छैनन्।ठूल्दाई प्रवृति भनेको जडताले व्याक्त आकन्त लत हो यस्तो प्रवृतिलाई समयमै होस पुर्यायो भने सच्याउन सकिन्छ।ठुल्दाई अफुसित भएको असिमित ज्ञान,शिप र कलाकारिता लाई ब्यबसाय मा परिबर्तन गर्न नजान्ने प्रवृति को चित्रण हो।अबसर हरु लाई समात्न नसकेर दैब दुखः नदे आफै दुखः पा भनेझै भएर पिडित बनेको एउटा प्रतिनिथी पात्र हो।यस्ता ठुल्दाई घर घर मा समाज समाज मा छ्याप छ्यापती छन्।यस्तो परिस्थितिले धेरैलाई ठुल्दाई बनाएको छ तर ठुल्दाई लाई बास्तबिक रुपमा पहिचान गरेर उसलाई त्यो परिस्थिबाट बाहिर निकाल्न्ने प्रयास समाज ले गर्नु पर्छ। ।।शुभम् ।।

प्रा।डा। मेदनीप्रसाद भण्डारी( विश्वव्यापी रूपमा परिचित पर्यावरणवादी र मानववादी विज्ञ हुनुहुन्छ उहॉ विश्व प्रसिद्ध पत्रिका( ऊर्जा र वातावरणको लागि रणनीतिक योजनाका प्रमुख सम्पादक पनि हुनुहुन्छ।

उहॉ अकामाई विश्वविद्यालय,हिलो,हवाई,संयुक्त राज्य अमेरिका र युक्रेनको सुमी स्टेटयुनिभर्सिटीमा प्राध्यापक हुनहुन्छ।प्रोफेसर भण्डारीले विभिन्न अन्तर्राष्ट्रिय पत्रिकामा सयौं वैज्ञानिक कार्यपत्र प्रकाशित गर्नुका साथै जलवायु परिवर्तन र वातावरणीय मुद्दाहरूमा अनेक पुस्तकहरू प्रकाशित गर्नु भएको छ।

प्रा भण्डारी एसिया वातावरणीय दैनिकको सम्पादकीय बोर्ड सदस्यका साथै विचार तथा सम्पादकीय पृष्ठको प्रबन्धक सम्पादकको रूपमा पनि कार्य गर्नुहुन्छ।

प्रतिक्रिया