प्रदेश नं १ मा ६६२ जना सङ्क्रमित निको भए भने १८९ जना थप

इनेप्लिज २०७७ कार्तिक २७ गते ११:५० मा प्रकाशित

विराटनगर,२७ कात्तिक।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १८९ जना कोरोना सङ्क्रमित थप भएका छन्।उक्त अवधिमा गरिएको ८४७ जनाको पीसीआर परीक्षणमा ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सङ्क्रमित हनेहरुमा मोरङगमा ७० मध्ये विराटनगरमा ३७, झापामा ६०, सुनसरीमा ४१,ताप्लेजुङ,खोटाङ र उदयपुरमा दुई÷दुई,इलाम,ते¥हथुम र भोजपुर एक÷एक र प्रदेश बाहिरका नौ जना रहेका छन्।प्रदेश आज ६६२ जना सङ्क्रमित निको भै घर फर्केका छन् भने उनीहरुको सङ्ख्या १६ हजार ४१८ पुगेको मन्त्रालयले जनाएको छ।

प्रदेशमा हालसम्म एक लाख ७५ हजार ६४९ जनाको पीसीआर परीक्षण सम्पन्न गरिएको छ।

 

प्रतिक्रिया