बुधबार, मंसिर १७ २०७७
काठमाडौं १७:४४
वासिङटन डिसी 06:59

निर्वाचित राष्ट्रपति जो बाइडेन एक पछि अर्को काममा द्रुतगतिमा कदम चाल्दै

इनेप्लिज २०७७ कार्तिक २७ गते १:२५ मा प्रकाशित

निर्वाचित राष्ट्रपति जो बाइडेन एक पछि अर्को काममा द्रुतगतिमा कदम चाल्दै अगाडी बढी रहेका छन । निर्वाचनको परिणामलाई बेवास्ता गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ सम्म पनि हार स्वीकार गरेका छैनन र अझ पनि जितेको दाबि सामाजिक संजालमा छोडेका छैनन ।

ट्रम्पले बाइडेनको संक्रमणलाई रोक्ने अभूतपूर्व धक्कालाई बेवास्ता गर्दै फिलाडेल्फिया स्थित कोरियन युद्धमा बीरगति प्राप्त गर्ने अमेरिकी सैनिकको सम्झनामा भेटेरन दिवस(सैनिक दिवस )मा श्रद्धान्जली अर्पण गरेका छन् ।

यता राष्ट्रपति डोनाल्ड ट्रम्प एक हप्ता पछि पहिलो पटक सार्वजनिक रुपमा देखिएका छन् भने उनले आज भेटेरन डे (सैनिक दिवस)मा भर्जिनियाको आर्लिंगटनमा सम्पन्न कार्यक्रममा सहभागी भए । तर उनले बोलेनन ।

बाइडेन ट्रम्पको चुनावी नतीजा स्वीकार्न अस्वीकार गरे पनि, दुवै पार्टीका अधिकारीहरूलाई चेतावनी दिए । र भने परिपब्लिकन राष्ट्रपतिको कार्य खतरनाक हुन सक्छ।

उनले ट्रम्पले अडान र राष्ट्रपतिको विरासतमा अवरोध भन्दा बढी असजिलो चिन्हको रुपमा वर्णन गरे । २०२० को चुनावमा व्यापक ठगीको कुनै प्रमाण प्राप्त भएको छैन ।

वास्तवमा दुबै राजनीतिक दलका निर्वाचन अधिकारीहरूले निर्वाचन राम्रो संग सम्पन्न भएको कुरा सार्वजनिक रूपमा भनेका छन । र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले कुनै गम्भीर अनियमितता नभएको पुष्टि गरेका छन् ।

तर एकल रुपमा र एकतर्फी रुपमा रिपब्लिकन अभियान,रिपब्लिकन दल र राष्ट्रपति स्वयम् चुनाव धाधली भएको प्रचार प्रसार गरि रहेका छन ।

श्रोत : सिएनएन

प्रतिक्रिया