शनिबार, साउन १६ २०७८
काठमाडौं ०७:०८
वासिङटन डिसी 21:23

रिपब्लिकनको गढ जर्जियामा बाइडेनले मतमा जिते पछि , राष्ट्रपति र रिपब्लिकनको दबावमा पुन :हातले मतदान गणना हुने घोषना

इनेप्लिज २०७७ कार्तिक २७ गते ०:५१ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकनको गढ र किल्ला मानिने राज्य जर्जियामा जो बाइडेनले मतमा जिते पछि राष्ट्रपति र रिपब्लिकनको दबावमा पुन :हातले मतदान गणना हुने घोषणा गरिएको छ ।

एटलान्टा जर्जियाका राज्य सचिव ब्राड राफेन्सपर्गरले मतको गणनामा झिनोको अन्तर भएकोले पुन: हात द्वारा गणना गरिने बुधबार घोषणा गरेका हुन् । रिपब्लिकन दलकै राज्य सचिवले राम्रो काम नगरेको भन्दै रिपब्लिकनका सिनेटर लगायतले उनलाई चौतर्फी राजिनामा दिन दबाव दिइएको थियो ।

मतगणनामा धाधली र अनिमियता भएको कुनै प्रमाण फेला नपरेको भएता पनि उनको भुमिकामा प्रश्न चिन्ह लगाउदै उनलाई दबाव दिईएको थियो । उनले मतको अन्तर यति झिनो छ कि प्रत्येक काउन्टीमा एक एक गरी हातैले पुन: गणना आवश्यक पर्दछ,” राफेन्सपर्गरले पत्रकार सम्मेलनमा भने।

“यसले आत्मविश्वास बढाउन मद्दत पुर्‍याउँछ। एकैचोटि यो कठिन हुनेछ । उनले अगाडी भने राज्यले काउन्टी अधिकारीहरूसँगै नोभेम्बर २० मा राज्यव्यापी निर्वाचन परिणाम प्रमाणित गर्न अन्तिम म्याद गरिएको छ र उक्त अवधिमा परीक्षण पूरा गर्न काम गर्नेछ।

उनका अनुसार निर्वाचित बाइडेनले हाल राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १४ हजार मतले जितेका छन् ।

श्रोत :सिएनएन

प्रतिक्रिया