शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १२:४४
वासिङटन डिसी 01:59

आजकल फेसबुकका संमवेदना सन्देशहरू

शशी के.सी २०७७ कार्तिक २७ गते ०:१५ मा प्रकाशित

सामाजिक संजाल नचलाउने को होलान र आजकल! आ-आफ्नो इच्छा अनुसार फेसबुक, इन्टाग्राम, ट्विटर आदी सबैले चलाई रहेका छन्। कोही अलिक धेरै सकृय छन्, कोही हेर्छन मात्र, कोही अरूकोमा लाइकमात्र गर्छन्,कोही लाइक र केहीकमेन्ट पनि गर्छन् र कोही चाहीं आक्कल झुक्कल केही फोटो र सामग्री राख्छन्।चलाउॅंदिन भन्नु र धेरै चलाउॅंछु भन्नु, जे गरे पनि फरक केही हैन,आफ्नो इच्छा र आवश्यकताको कुरा हो।अहिले त झन् कोरोना भाइरसको महामारी छ, चाहेर पनि भेटघाट गर्न सकिएको छैन।यतीखेर त सबैसॅंग भेट्ने माध्यम नै यिनै सामाजिक संजाल भएको छ।

म फेसबुक मात्र चलाउॅंछु। मैले फेसबुकलाई सबैसॅंग एकैठाउॅंमा भेट्ने माध्यमको रूपमा लिएकोछु। म मेरो फेसबुक हेर्दा सबैलाई रमाइलो र खुशी लागोस् भन्ने चाहान्छु र बिभिन्न थरीको पोष्ट गरिरहेको हुन्छु। जे होस् मैले फेसबुकलाई मज्जालेप्रयोग गरेकोछु।

तर आजकल केही दिनदेखि फेसबुक हेर्न पनि अलिक डराउनु पर्ने जस्तो भएकोछ। एक त नेपालमा कोरोना भाइरसकोमहामारी बढी रहेको छ। उसलाई कोरोना लागेछ, उसलाई लागेर निको भएछ आदीमात्र देखिन्छ। निको हुनेले आफ्नोअनुभव लेखेर अरूलाई सजक गराउनु धेरै राम्रो हो। त्यस्तै कतिले साथी र इष्टमित्रलाई कोरोना पोजिटिभ भयो, शिध्रस्वास्थलाभको कामना भनेर फोटो सहित राखेर अरूहरूलाई ट्याग (tag) गरेको देखिन्छ। त्यो पनि ठिकै हो। किनकिउॅंहाहरूसॅंग सम्पर्क भएकाले पनि सजक भएर कोरोना टेस्ट वा आइसोलेशनमा बस्न सक्छन्।

यतिसम्म त ठिकै छ।तर अहिले त अर्को आतकं संमवेदना सन्देशको देख्दैछु।हो अरूको दुखमा दुखी हुनु सही कुरा हो।अझ हाम्रो नेपाली समाजमा त कसैको मृत्यु भएमा तेह्र दिन भित्र शोकमा रहेका परिवारलाई फलफूलहरू लिएर भेट्न जाने चलन छ। तर आजकल कसैको मृत्यु हुने साथ संमवेदना सन्देश फेसबुकमा सबैले थाहा पाउने गरेर सुचना दिए जस्तो गरेर राख्ने गरेको देखिन्छ।यसरी राख्दा संबेदनशिल हुनु अत्यन्त जरूरी छ। कतै हामीले आत्मिएता दर्शाएर राखेकोसंमवेदनाले शोकमा परेको परिवारलाई झन् दुखी त बनाएको छैन्?

केही बर्ष अगाडीको कुरा हो। अमेरिकाबाट एकजना नेपाली आमा बिरामी भनेर नेपाल उड्नु भयो।अमेरिका बाट नेपाल पुग्न जति छिट्टो गर्दा पनि २४-४० घण्टा दुई प्लेन बदलेर, ट्रान्जिटमा केही घण्टा बसेर लाग्छ।आमालाई जिउॅंदै भेट्छु भन्नेआशा बोकेर उड्नु भएको, उॅंहा नेपाल नपुग्दै आमाको देहवसान भयो। थाहा पाउने साथी कसैले फेसबुकमा संमवेदनाराखिदिए।उॅंहा प्लेनमा हुनुहुन्थ्यो र केही थाहा पाउनु भएन।तर परिवारले फेसबुकमा देखि हाले। धन्न उॅंहाको अमेरिकामा रहेको आइप्याडमा फेसबुक अन रहेछ।हत्तपत्त पासवड बदलिदिएर नेपाल नपुगुन्जेल खोल्न नमिल्ने गरिदिए।सोचौं त ट्रान्जिटमा फेसबुक खोलेर हेर्दा यस्तो दुखत खबर देखेको भए उॅंहाको हालत कस्तो हुन्थ्यो होला?

अझ मत भन्छु कोरोना भाइरसको कारणले कसैको मृत्यु भएको रहेछ भने झुक्किएर पनि संमवेदना संदेश केही नराखिदिनुस् फेसबुकमा । एक त परिवारजनले अन्तिम कृया गर्न नपाएर वा मुखै देख्न नपाएर पिडा छ,अर्को आफु सबैको कोरोना भाइरस लागे नलागेको टेस्ट गर्नुछ।केही गरि कसैलाई लागेको खण्डमा अलग्ग क्रिया बस्नु पर्ने झन ठुलो पिडाछ।यस्तो आपतको बेला संमवेदना संदेशले सहयोग भन्दा पिडा नै थपिदिन्छ।बरू संमवेदना दिन मन लागे परिवारहरूको मेसेन्जरमा लेख्ने, फोनमा कुरा गर्ने वा मेसेज छोड्न सकिन्छ।

संमवेदना सॅंधै संवेदनशिल भएर दिऔं।

शशी के.सी

प्रतिक्रिया