आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०७:०४
वासिङटन डिसी 20:19

बोष्टनमा नोभेम्बर १५ मा भर्चुअल देऊसी भैलो हुने

यम पौडेल ,बोष्टन २०७७ कार्तिक २६ गते ३:१७ मा प्रकाशित

यम पौडेल / बोष्टन / नोभेम्बर १०, २०२० । पशुपतिनाथ बुद्द फाऊण्डेशन अफ न्यू इङ्लैण्ड (प्याब्फोन)ले नेपालीहरुको महान चाड तिहार आगमनको अबशरमा बोष्टनमा हरेक बर्ष खेल्दै आएको देऊसी भैलो यसपाली आगामी नोभेम्बर १५ तारिख आइतबार बेलुका ५ बजेदेखि भर्चुअल रुपमा आफ्नै भवनमा खेल्ने जनाएको छ।

कोरोनाका कारण बिगतका बर्षहरुमा जस्तै हरेक शहरमा गई ३,४ दिन लगायर धेरै ठाऊमा खेल्ने काम यसपालि नभए पनि बिभिन्न सिटिमा एक एक नाङ्लो राख्न लगाई पायक पर्ने हरु बाट नाङलोमा सँङकलित दान बिबरण प्रबिधि मार्फत भर्चुअल देऊसीमा समेटने ब्यबस्था मिलाईएको पनि जनाएको छ।कोरोना बिरुद्दको सि डि सि गाइडलाईन फलोअप गर्दै एकातर्फ बोष्टन लोक सुसेली समुह,एभरेष्ट ब्याण्ड एवँ स्थानिय कलाकारहरुको समुह दशै अगाडि देखिनै रिहर्शलमा जुटेका छन भने अर्का तर्फ प्याब्फोनका जिम्मेवार पदाधिकारी,देऊसी भैलो आयोजक टिम ,प्राबिधिक टिम,प्रचारप्रसार टिम र हरेक ठाऊ बाट ईभेन्ट सफल पार्न तम्तयार प्याब्फोन कार्यकर्ता निकै अगाडी देखिनै दिलो ज्यानले लागिपरेका छन।नोभेम्बर ५ तारिखको भर्चुअल देऊसी भैलोमा पनि कोरोना बिरुद्दको सि डि सि गाइडलाईन लाई ध्यान दिइने जनाईएको छ ।

यसपाली एऊटा मात्र भर्चुअल देऊसी भैलोहुने भएता पनि तिथि मिति आऊनु अगावै बोष्टनमा चारै तर्फ देऊसी भैलोको रौनक देखापर्न थालेको छ।अघिल्लो हप्ता देऊसी भैलो तयारीको लागि बसेको प्याब्फोन सँयुक्त बैठकमा पदाधिकारीहरु बाट ४२०० डलर देऊसी भैलो लाई दान ऊठेको कुरा सुनाईएको थियो।

त्यस्तै आज मात्र नरऊड नेपाली कम्युनिटिले २९ जना दाता महानुभावको नाम प्रकाशित गर्दै ऊहाहरुबाट करिब ५२०० डलर भन्दा बढि दान रकम प्राप्त हुने कुरा जनाइएको छ जसबाट सिङ्गो बोष्टनको नेपाली समाज लाई देऊसी भैलोको पक्षमा ऊत्साहित बनाऊने काम गरेको छ, यसले गर्दा आजदेखि नै नेपालिको बोष्टन देऊसी भैलीमय हुन थालेको छ।त्यसै गरी प्याब्फोनको फेसबुक पेजमा प्याब्फोनका नौ जना पदाधिकारी बाट करिव ३७०० डलर दान प्रदान हुने कुरा जनाईएको छ ।बिभिन्न सिटिमा राखिएका नाङलो मध्ये आफु लाई पायक पर्ने ठाऊको नाङ्लो पत्ता लगाई यथाशक्य दान गर्न देऊसी भैलो आयोजक कमिटिका साथीहरुले सबै लाई अनुरोध गरिरहेका छन सँस्थाले दान दिदै आएका पुराना दाता महानुभावलाई सम्झदै ऊहाहरुलाई नछुटाऊन र नया दाता महानुभावलाई थप्न पहल थालेको छ ।इमेल पत्राचार बढाएको छ ।

नेपालीहरुको लागी एकातर्फ पशुपतिनाथको मन्दिर र अर्कातर्फ बुद्दको स्तुपा सहित बोष्टनमा नेपाली कम्युनिटि बनाऊने ऊद्देश्यले सन २०१२ देखि खेल्न थालिएको देऊसी भैलो न्यू इङल्याण्डमा मात्र हैन देश बिदेशको नेपाली बृतमा त्यतिकै चर्चित भइसकेको छ ।यसलाई प्याब्फोनले आफ्नो बार्षिक इभेन्टको रुपमा अगाडी बढाऊदै आएको छ।देऊसी भैलो तथा प्याब्फोनले बोष्टनमा धेरै राम्रो काम गर्दै आएको छ ।

सँस्थाले सन २०१७ मा लगाएको भागवत सप्ताह पुर्ण रुपमा सफल भएपछि सन २०१९ मा बोष्टनको ब्रेनट्रि स्थित ४.२४ रोपनी जग्गामा १४ हजार चारसय स्क्वायर फुटको ठुलो सामुदायिक भवन नेपालीको लागि किनिएको छ।यसलाई सास्कृतिक धार्मिक एवँ नेपाली कम्युनिटि सेन्टर को रुपमा अगाडी बढाऊने योजना छ । यस बर्ष सो भवनमा पशुपतिनाथको मन्दिर र बुद्दको स्तुपा राख्ने काम कन्याक्टर मार्फत धमा धम अगाडि बढाइएकोले सँस्थालाई देऊसी भैली मार्फत सकेको रकम दान गर्न सबै नेपालीलाई अनुरोध गरिएको छ।घर घर बाट देऊसी भैलोमा सहभागि भै साथ सहयोग गर्न र दान गर्न चाहने महानुभावलाई निम्न माध्यमबाट सहयोग गर्न समेत प्याब्फोनले सम्बन्धित सबैलाई अपिल गरेको छ ।

 

देऊसी-भैलोमा दान गर्न सकिने माध्यमहरुः

Zelle transfer का लागी ईमेल: [email protected],

Zelle transfer का लागी फोन नं: (857)253-1383

Bank Deposite का लागी Bank of America, “PABFONE”

Account No. 4660 0269 7013

PayPal: http://pabfone.org/finance/

वा PABFONE पदाधिकारीहरुलाई सम्पर्क गर्न सकिनेछ ।

 

प्रतिक्रिया