बिहीबार, साउन १४ २०७८
काठमाडौं ०१:२०
वासिङटन डिसी 15:35

बाइडेनले ट्रम्पको अस्विकारलाई अप्ठ्यारो माने

इनेप्लिज २०७७ कार्तिक २६ गते २:५४ मा प्रकाशित

नव निर्वाचित राष्ट्रपति जो बाइडेनले नोभेम्बर १० मंगलबारका दिन राष्ट्रपति डोनाल्ड ट्रम्पको अस्वीकारलाई “अप्ठ्यारो” महसुस गरेको बताए । अमेरिकाको डेलावेयर विल्मिंगटनमा पत्रकारहरूसँग कुराकानी गर्दै बाइडेनले ट्रम्पले आफ्नो चुनाव स्वीकारेनन् भन्ने पहिलो टिप्पणीमा भने, “मलाई लाग्छ यो एकदम संकोचको कुरा हो”

म कसरी यो कुरा कौशलतापूर्वक भन्न सक्छु? मलाई लाग्छ यसले राष्ट्रपतिको परम्परालाई सहयोग गर्दैन। ” एबीसी न्यूज ‘मेरी ब्रूसले बाइडेनलाई सोधिन राष्ट्रपति(ट्रम्प )ले अहिले हेरिरहेका छन भने तपाईले उनलाई के भन्नु हुन्छ ?”

बाइडेन मुस्कुराए र राष्ट्रपतिलाई हेरे झैँ सीधा क्यामरा(चित्रग्राहिणी )लाई हेर्दै भने ” राष्ट्रपति, म तपाईसँग अगाडी बोल्न चाहन्छु ”

“मलाई लाग्छ कि – विदेशी नेताहरूसँगको मेरो छलफलबाट मलाई थाहा छ, अहिलेसम्म तिनीहरू संयुक्त राज्यका प्रजातान्त्रिक संस्थाहरूलाई फेरि एकपटक सशक्त र दृढको रूपमा हेर्ने आशावादी छन्,” बाइडेनले भने।

“र – तर म दिनको अन्तमा सोच्छु, तपाईंलाई थाहा छ, जनवरी २० तारिखमा यी सब सम्पन्न हुनेछन्। र कहिलेकाही मलाई आशा छ कि अमेरिकी जनताले जान्ने छन् र बुझ्नेछन संक्रमण नजिकिदै छ । रिपब्लिकनहरुमा पनि जसले राष्ट्रपतिलाई मतदान दिएका थिए, “उनले भने।

“मैले पराजयको भाव बुझें। मैले जाने ,तर मलाई लाग्छ कि अधिकांश व्यक्तिले राष्ट्रपतिलाई मत दिएका थिए, धेरैले उनलाई मतदान गरे, एकदम थोरै संख्यामा, तर धेरैले उनलाई मतदान गरे उनले भने ।

मलाई लाग्छ उनीहरूले बुझे कि हामी “सँगै आउनु पर्छ। मलाई लाग्छ तिनीहरू एकजुट हुन तयार छन्, र मलाई विश्वास छ हामी यस कटु राजनीतिबाट राष्ट्रलाई बाहिर निकाल्न सक्छौं ।

श्रोत : एबिसी न्यूज

प्रतिक्रिया