कोरोना रोकथामका लागि प्रदेश सरकार क्रियाशिल छ : मुख्यमन्त्री भटट्

इनेप्लिज २०७७ कार्तिक २५ गते २३:१६ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,कार्तिक २५ ÷सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना सुदूरपश्चिममा फैलिरेहको कोरोना रोकथाम तथा नियन्त्रणका लागि कटिबद्धताका साथ लागि परेको बताएका छन्।

मंगलबार धनगढीमा आयोजित कोभिड १९ माहामारी र जोखिममा प्रभावकारी संचारका लागि सांसदहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कोरोना संक्रमितको उपचारमा प्रदेश सरकारले प्रभावकारी काम गर्ने बताएका छन्।मुख्यमन्त्री भटट्ले प्रदेशका सबै अस्पतालमा अक्सिजन बेड थप्ने तयारी भइरहेको बताउनुभयो।प्रदेश सरकारले कोरोना संक्रमितको दर बढ्दै गएको अवस्थामा आउन सक्ने संकटलाई मध्यनजर गर्दै त्यो अनुसारको पुर्बाधार निर्माणका लागि छलफल अघि बढाएको उनले बताएका छन्।

उनले धनगढीमा ५० शैयाको अस्पताल निर्माण गरिने बताउँदै प्रदेशका सबै स्थानीय तहमा १० देखि ३० शैयाका आइसोलेशन वार्ड तयार गर्न प्रदेश सरकार अघि बढेको बताएका छन्।

प्रदेश सरकारले कोरोना परिक्षण र उपचारको व्यवस्था प्रभावकारी रुपमा गरेको दाबी गर्दै आम नागरिकलाई निःशुल्क रुपमा उपचार गरिरहेको उनको भनाइ छ । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताए।

प्रतिक्रिया