प्रदेश नं १ कोरोना कोरोना सङ्क्रमितको उपचारका लागि पाँच सय वेड थपका लागि कार्य शुरु

इनेप्लिज २०७७ कार्तिक २५ गते २२:४९ मा प्रकाशित

विराटनगर,२५ कात्तिक (रासस):प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सरकारले कोरोना सङ्क्रमितको उपचारमा सहजताका लागि पाँच सय वेड थप गर्ने तयारी कार्य शुरु गरेको बताउनु भएको छ।

प्रदेश स्तरिय स्वास्थ्य कार्यालयहरुको बार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठीको आज दोश्रो दिन बोल्दै उहाँले सङ्क्रमितहरुको उपचारका आवश्यक रहेको अक्सिजन,आईसियु र भेन्टिलेटरको सहितका वेड थप गर्ने सरकारले तयारी गरेको जानकारी दिनु भयो ।

मन्त्री घिमिरेले सरकार परिस्थितिको माग अनुसार अघि बढेको भन्दै कोरोना सङक्रमण एकनास नभएकाले अवस्था अनुसार योजना बनाउन स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभयो।

मन्त्री घिमिरेले कोरोना सङ्क्रमण नियन्त्रणका लागि सर्वसाधारणले सरकारी प्रोटोकल पालना नगरेकोमा गुनासो व्यक्त गर्दै कार्यस्थलमा स्वास्थ्य सावधानी अपनाएको नपाईएको बताउनुभयो।

समीक्षा गोष्ठीमा मन्त्री घिमिरेले निजी अस्पतालको स्वीकृति र नियमनमा स्वास्थ्य कार्यालय प्रमुखहरुले ध्यान दिनुपर्नेमा जोड दिदै मापदण्ड अनुसार भए÷ नभएको हेर्ने र अनुगमनको काम स्वास्थ्य कार्यालयले गर्नुपर्ने बताउनुभयो।

तीन दिने समीक्षा गोष्ठीमा १४ जिल्लाका जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्वेद कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको छ।

प्रतिक्रिया