बुधबार, मंसिर १० २०७७
काठमाडौं ००:५५
वासिङटन डिसी 14:10

मेरील्याण्डमा नेपाली माथि सांघातिक हमला,पीडित सघनकक्षमा भर्ना

इनेप्लिज २०७७ कार्तिक २५ गते १६:०७ मा प्रकाशित

मेरील्याण्डमा एक नेपाली माथि सांघातिक हमला भएको छ । र ,पीडितलाई अस्पताल भर्ना गरिएको छ भने स्वास्थमा सुधार आएको उहाका नजिकका आफन्तहरुले जनाएका छन ।

गत बिहिबार अर्थात् नोभेम्बर ५ का दिन बेलुका करिब ७:१५ बजे तिर काम सकेर पैदल घर फर्कने क्रममा अचानक अज्ञात समुहको आक्रमणमा परि घाइते भएका तीर्थ सेवा अहिले मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टी अस्पतालको सघन कक्षमा उपचार गराई रहेका छन ।

आक्रमणकारीले तीर्थको टाउकोमा धारिलो हतियारको प्रहार गरेका थिए । आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेकाले अस्पताल पुर्याउने बित्तिकै टाउकोको शल्यक्रिया गरिएको थियो।

अस्पतालको अनुसार तुरुन्त शल्यक्रिया गरिएकोले अहिले तीर्थ सेवा खतरामुक्त रहेका छन ।

तर अस्पताल ल्याई पुर्याउनु अगाडिनै धेरै रगत बगेकोले उनको दायाँ हात अझै चलेको छैन। टाउकोमा ३० भन्दा बढी टाँका लगाइएको छ। अहिले उन्को अवस्था खतरामुक्त त छ तर सामान्य अबस्थामा पुग्न निकै समय लाग्न सक्ने बताईएको छ।

घटना मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टी अन्तर्गत टेम्पल हिल सिटी(शहर)मा भएको हो।

उनि नजिकैको बिशाल बजार (मल)एक कपडा पसलमा काम गर्ने कर्मचारी हुन । प्राप्त जानकारी अनुसार आक्रमण किन र कसले गर्यो भन्ने अझै खुलेको छैन। प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

तीर्थ सेवाको साथमै घर फर्किरहेको बंगालीमूलका साथीका अनुसार हिडिरहेको बेला अचानक दुई गाडी नजिक आएर रोकिएको थियो।

तीर्थले त्यसलाई बेवास्ता गर्दै आफ्नै सुरमा हिडिरहेको अवस्थामा पुन:एउटा गाडी अलि अगाडी आएर रोकियो । अनि एकजना व्यक्ति गाडीबाट बाहिर निस्कियो र उनीहरु हिडि रहेको ठाउँमा आई पुगे र यहीको निवासी होला भनेर बेवास्ता गरियो।

अचानक गोजीबाट केहि कुरा निकाल्यो र एक्कासी टाउकोमा प्रहार गर्यो। दुई तीनपटक हान्ने बित्तिकै तीर्थ सेवा बाटो मै ढलेको कारण आफू भागेको बंगाली साथीले बताए । भागेर अलि पर पुगेर हेर्दा तीर्थ ढलेर सडक पेटीमा छटपटाई रहेका थिए ।

आक्रमण गर्ने व्यक्ति नजिकै रोकिरहेको गाडीमा चढेर भागेका साथीले बताए । उनले हरीलाई बोलाए पछि गरे करिब ५-७ मिनेटपछि प्रहरी र एम्बुलेन्स अगाडी आयो।आफू तिर्थ भएको ठाउमा पुग्दा अलिअलि होसमा रहेको र बाटोमा धेरै रगत बगेको उन्ले भने ।

त्यसपछि प्रहरीले तीर्थलाई अस्पताल लागिएको थियो । । हाल तिर्थको अवस्था सुधारोन्मुख छ। सामान्य बोलचाल गर्न सक्ने तर निको भै पुरानै अबस्थामा फर्कन कति समय लाग्न केहि भन्न नसक्ने उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्।

२०१५ देखि अमेरिका बस्दै आएका तीर्थ सेवाको परिवार नेपालमै रहेका छन्।

प्रतिक्रिया