नेपालमा एकैदिनमा २७३६ जना कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ कार्तिक २५ गते ११:४६ मा प्रकाशित

नेपालमा एकैदिनमा २ हजार ७ सय ३६ जना कोरोनाबाट संक्रमित भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म मन्त्रालयका अनुसार १२ हजार ९ सय ६० जनाको पीसीआर(जाँच) भएकोमा २ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

संक्रमितहुनेहरुमा १ हजार ५९ महिला र १ हजार ६ सय ७७ पुरुष रहेका छन् । बिगत २४ घण्टामा थप ८ सय ५३ जना निको भएका छन् । हालसम्म कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ भने निको हुनेको कूल संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।

अहिले सम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३५ रहेको छ ।

यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हाजर १ सय ४८ पुगेको मन्त्रालयको जनाएको छ । यस्तै २२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया