शनिबार, मंसिर १३ २०७७
काठमाडौं १९:००
वासिङटन डिसी 08:15

ट्रम्पले रिसको झ्वाकमा रक्षा सचिवलाई हटाए

इनेप्लिज २०७७ कार्तिक २५ गते १:५२ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा अप्रत्याशित नतिजा आए पछि रिसको झ्वाकमा रक्षा सचिवलाई हटाएका छन् । यता नव निर्वाचित राष्ट्रपति जो बाइडेनले धमाधम आफ्ना कार्यहरु प्रारम्भ गरि रहेको समयमा यता ट्रम्पले निस्काशित गरेका हुन् ।

रक्षा सचिव मार्क एसपरलाई हटाए पछि क्रिस्टोफर मिलर कार्यवाहक रक्षा सचिव हुनेछन । सोमबार नोभेम्बर ९ का दिन राष्ट्रपति ट्रम्पले सामाजिक संजाल मार्फत तिमीलाई हटाईएको छ भनि ट्वीटरमा लेखे पछि उनि झसङ्ग भएका हुन् ।

ट्रम्पले आफ्नो कार्यकालभरि यसरी नै दर्जनौलाई हटाएका छन् । उनको शैली नै यस्तो छ । एस्परसंग केही दिन अगाडी देखि नै तनाव भै रहेको अवस्था थियो भनि सिएनएनले उल्लेख गरेको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया