शुक्रबार, साउन १५ २०७८
काठमाडौं १५:४८
वासिङटन डिसी 06:03

टेक्ससमा सँस्थाका सदस्यको सम्झनामा तौल घटाउ प्रतियोगिता,६ जना प्रतियोगीहरु बिजयी

नेपाली समाज लबकद्वारा तौल घटाउ प्रतियोगिता २०२० को बिजयी घोषणा

इनेप्लिज २०७७ कार्तिक २५ गते ०:०४ मा प्रकाशित

सन् २०१८ नोभेम्बर १६ का दिन टेक्सस राज्यमा स्थापित नेपाली समाज लबकले आफ्नो एउटा सदस्य गुमाउदा सँस्था शोक मग्न हुन पुग्यो ! अचानक मुटुको समस्याले ३० बर्षको उमेरमा ज्यान गुमाएका कन्हैया वेन्दलिंगको श्रीमती र दुइ छोरी छन् ।

उनै कन्हैया वेन्दलिंगको सम्झनामा नेपाली समाज लबक र वेन्दलिंग परिवार मिलेर स्वास्थ्य जीवनशैलीको प्रबर्धन गर्नका हेतु गत बर्षको दशैँमा नगद पुरस्कार सहित तौल घटाउ प्रतियोगिता घोषणा गरिएको थियो।

” कन्हैया-नेपाली समाज लबक तौल घटाउ प्रतियोगिता” ( KNSL Weight loss challenge Program) नाम राखिएको यस प्रतियोगितामा एक बर्षको समयमा २० पौण्ड भन्दा बढी तौल घटाउने अथवा एक बर्ष सम्म दैनिक रुपमा औसत ६००० पाइला भन्दा बढी हिड्ने व्यक्तिलाई बिजयी घोषणा गरिने र नगद पुरस्कारको पनि व्यवस्था गरिएको थियो । सोही अनुरुप हालसालै नेपाली समाज लबकद्वारा यस प्रतियोगिताको बिजयी घोषणा गरिएको छ ।

सुरुमा नेपाली समाज लबकले बार्षिक रुपमा आयोजना गर्ने दशैँको सांस्कृतिक कार्यक्रममा सो घोषणा गरिने योजना भएपनि कोविड-१९ को महामारीको कारण सांस्कृतिक कार्यक्रम रद्ध भए पछि नेपाली समाज लबकले आफ्नो सामाजिक संजाल पन्ना (फेसबुक पेज) र इमेल (बिधुतिय डाक )मार्फत बिजयी घोषणा गरेका थिए। यस प्रतियोगिता मा ६ जनालाई बिजयी घोषणा गरिएको थियो ।

जस मध्ये ३ जनाले २० पौण्ड भन्दा बढी तौल घटाउन सफल भएका थिए भने अर्को ३ जनाले एक बर्ष सम्म औसत दैनिक रुप मा १०,००० पाइला भन्दा बढी हिड्न सफल भएका थिए।

नेपाली समाज लबकका अध्यक्ष चिकित्सक (डा )प्रकाश श्रेष्ठले यस्तो कार्यक्रमले समाजमा अरु धेरै व्यक्तिलाई स्वास्थ्य रहन प्रोत्साहन दिने, भाइचाराको अभिवृद्धि गर्ने र साथै मृतकको पनि सम्मान हुने हुदा आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको निरन्तरता दिने प्रष्ट पारे ।

प्रतिक्रिया