ग्राहकको रोजाइमा थ:छे डाईमण्ड नेवारी रेष्टुरेन्ट बार

इनेप्लिज २०७७ कार्तिक २४ गते २२:३४ मा प्रकाशित

काठमाडौँ – नेवारी खाजा राजधानी बासीका लागि पुरानो खाजा होइन।तर,पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ।नेवारी खाजाले व्यावसायिक रूप पनि लिँदै आएको छ।ग्राहकहरू पनि नेवारी खाजाको स्वाद लिन खोजी–खोजी नेवारी होटलहरूमा जाने गरेको पाइन्छ । युवा वर्ग, परिवारको साथमा रमाइलो गर्न वा स्वादको मज्जा लिन नेवारी होटलतिर ग्राहकको आकर्षण बढ्दै गएको छ।

उपत्यकाभित्र रहेर नेवारी खाजाको स्वाद नलिएको व्यक्ति त सायदै होला।नेवारी खाजाघर विस्तारै ब्राण्डको रूपमा पनि स्थापित हुँदै गइरहेको छ।नेवार भित्र आ–आफ्नो चाल चलन भए पनि खाना भने भिन्न रहेको पाइँदैन।अधिकांश नेवारी जाति बाक्लो बस्ती रहेको उपत्यकामा यसको ग्राहक बढ्दै जानु स्वभाविक नै हो।साना होटल देखि रेष्टुराँ सम्ममा यसको व्यापार बढ्दै गइरहेको छ।यहाँ बसेर केही हुदैन भन्नेको लागि पनि राम्रो व्यवसायको रुपमा लिइने गर्दछ नेवारी खाजा घर।यो व्यवसाय बाट नै नाम र मनग्य आम्दानी कमाइरेहका छन् नेवारी रेष्टुरा र होटलहरूले यसमा विदेशी पर्यटक भन्दा नेपाली ग्राहकको आकर्षण नै बढी रहेको छ।करिब ८५ प्रतिशत नेपाली समुदाय नै नेवारी खाजाप्रति आकर्षित भएको पाइन्छ ।

काठमाडौँको चाबहिल बाट ५ किलोमिटर मात्र टाडा रहेको गोकर्ण भैरब चौर सुन्दरीजल जाने बाटोमा रहेको थ:छे डाईमण्ड नेवारी रेष्टुरेन्ट बारमा ग्राहकको मोह अहिले बढ्दै गएको छ।नयाँ पुस्तालाई लक्षित गर्दै शुक्रबार मनोरञ्जन सम्बधि विविध कार्यक्रमहरू सञ्चालनमा समेत ल्याएकोले पनि रेस्टुरेण्टको आकर्षण बढ्दै गएको छ।यसका साथै परिवारजन सँग जाने ग्राहकको पनि उपस्थिति बढी मात्रामा रहेको देखिन्छ।तर नेवारी खानामा भने सम्पूर्ण वर्गलाई समेटिएको पाइन्छ । यहा नेवारी खाना मात्र नभएर अन्य नेपाली, कनटिनेण्टल खाना समेत पाइने जानकारी यस रेस्टुरेन्टकि संचालिका हिरा देबी श्रेष्ठले गराईन।

थ:छे डाईमण्ड नेवारी रेष्टुरेन्ट बार ग्राहकको रोजाइमा पर्न पुगेको एक नेवारी रेष्टुरेन्टमध्ये पर्दछ । थ:छे को अर्थ माइतिघर तथा अर्को अर्थमा आफ्नै घर रहेको समेत हिरा देबी श्रेष्ठले बताइन। यहाँ नेवारी चलनअनुसार खाना खुवाइन्छ, त्यसैगरी ग्राहकको पनि सेवा गरिन्छ र त्यही अनुसार नेवारी खाजा तयार गरिन्छ । यहाँ विभिन्न क्षेत्रबाट ग्राहकहरू नेवारी खाजाको स्वाद लिन र नेवारी संस्कृतिको बारेमा बुझ्न आउँछन् । नेपालीहरूमात्र नभएर विदेशी पर्यटकहरू पनि नेवारी खाजाप्रति आकर्षित भएर खाजा खान आउने गर्दछन् ।

 

नेवारी खाजाका साथसाथै नेवारी संस्कृतिलाई पनि प्राथमिकता दिँदै आएको श्रेष्ठको भनाइ छ । थ:छेमा विशेषगरी समयबजी, चटामरी, छोइला, बारा, खाजा सेट, ऐला, थो, योमरी, हाँसको छोइला लोकल रक्सी मसला हालेको बढी मात्रामा व्यापार हुने पनि उनले बताइन । थ:छेको वातावरण रमाइलो र शान्त छ, त्यसैले परिवारहरू धेरै मात्रामा आउने गर्दछन् र मनोरञ्जन अनि खाजाको स्वाद लिन पनि जान्छन् ।

प्रतिक्रिया