मानहुँकोटमा अब दिनमा ३०० जनामात्रै जान पाउने, जग्गा किनबेचमा रोक !

इनेप्लिज २०७७ कार्तिक २४ गते १०:१७ मा प्रकाशित

तनहुँको व्याँस नगरपालिका-५ मा रहेको पर्यटकीयस्थल मानहुँकोटमा दैनिक ३०० जनालाई मात्रै अनुमति दिइने भएको छ । एकाएक पर्यटकको संख्या अत्यधि बढेपछि दैनिक ३०० जनालाई मात्रै मानहुँकोट जान अनुमति दिने निर्णय गरिएको मेयर वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

आन्तरिक पर्यटक बढेपछि त्यसको व्यवस्थापनका लागि आइतबार मानहुँकोटमै नगरपालिकाको बैठक बसेको थियो । बैठकले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रणमा आइनसकेको बेला भिड बढेकोले त्यसको व्यवस्थापनका लागि रजिस्जेशन गरेर मात्रै पठाउने निर्णय गरिएको मेयर न्यौपानेको भनाइ छ । रजिस्टेशन शुल्क भने नलिइने उनले बताए ।

बैठकले मानहुँकोटको जग्गा खरिद-बिक्रीमा समेत रोक लगाएको छ । हेर्नुहोस कार्तिक २४ गतेका मुख्य समाचारहरु :

प्रतिक्रिया