बुधबार, मंसिर १० २०७७
काठमाडौं १९:४८
वासिङटन डिसी 09:03

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनासाथ बाइडेनको पुर्खौली घर आयरल्याण्डमा बिजयीको खुशियाली

इनेप्लिज २०७७ कार्तिक २३ गते १४:११ मा प्रकाशित

अमेरिका आप्रवासीहरुको राष्ट्र हो । आप्रवासीहरुले नै यो देश महान बनाएका हुन् । अमेरिकामा जो कसैको पुर्खा हेर्ने हो भने आफ्नो देश छोडेर अमेरिका आएको देखिन्छ । अर्थात् कुनै पनि राष्ट्रबाट बसाई सराई गरेका हुन् ।

४६ औ अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित हुनासाथ बाइडेनको पुर्खौली घर आयरल्याण्डमा बिजयीको खुशियाली मनाइएको छ । अर्थात उनि पनि आप्रवासीकै सन्तान दर सन्तान हुन् भन्ने प्रमाणित समाचारले पुष्टि गरेको छ ।

संचार माध्यमका अनुसार आयरल्याण्डको बलीना शहरनै बाइडेनको पुर्खौली रहेको जनाएका छन । बाइडेनका ५ औ पुर्खाहरु जो आयरल्याण्डको पश्चिम समुन्द्रतट स्थित सुन्दर शहर बलीनामा बस्दछन उनीहरुले गत शनिबार नोभेम्बर ७ का दिन उत्सव मनाएका छन् ।

मानिसहरु जम्मा जीतको खुसियालीमा स्यामपेन फोड्दै चर्चित गायक ब्रुस स्प्रिंगटिनको ‘वि टेक कियर अफ आवर अन ‘ नामक गीतमा मस्त रहन पुगेका थिए । बाइडेनका ५ औ पुर्खा जिजु बुवाको पनि हजुरबुवा एडवार्ड ब्लेविट बलिनामा जन्मेका थिए ।

उनि अमेरिकाको पेनसेलभेनियाको सक्रानटन बसाई सराइ गरेका थिए । १८४५ देखि १८४९ सम्म आयरल्याण्डमा भएको भिषण भुखमरीको कारण यता आएको ईतिहासकारले उल्लेख गरेको विभिन्न संचार माध्यमले समाचार प्रकाशित गरेका छन ।

बाइडेनका टाडाका आफन्तले बाइडेनको जितमा खुसि व्यक्त गर्दै आयरल्याण्डको बलीनाबाट भने “बलिनामा धेरै साधारण व्यक्ति छन् जसको स्क्र्यान्टनमा पनि सम्बन्ध छ,” । “जब उनका पुर्खास्क्रान्टनमा जानुभयो, त्यहाँ धेरै अन्य मानिसहरूले पछ्याए, र तिनीहरूले रेलमार्ग र कोइला खानीमा काम गरेको बताए ।”

बाइडेनका पुर्खाहरू एक सरकारी अधिकारी र एक सर्वेक्षणकर्ता थिए । उक्त शहरकी एक प्राथमिक विद्यालयकी शिक्षिका एलेन होर्किनले भनिन्”यो सोच्नको लागि अचम्म छु ” । “म मेरो बिद्यालयमा कुनै पनि बालबालिकालाई भन्न सक्छु कि तिमीहरु राष्ट्रपति पनि हुनसक्छौ “भनिन ।

श्रोत :न्यूयोर्क टाइम्स/सिएनएन

प्रतिक्रिया