मोरङमा कोरोना सङ्क्रमणबाट चारको मृत्यु

इनेप्लिज २०७७ कार्तिक २३ गते १४:०८ मा प्रकाशित

विराटनगर,२३ कात्तिक।मोरङ जिल्लाका विभिन्न अस्पतालमा कोरोना सङ्क्रमणबाट आज थप चार जनाको मृत्यु भएको छ।

मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्तपालमा दुई,नोबेल शिक्षण अस्पताल विराटनगरमा एक र म्याक्स अस्पताल विराटनगर महेन्द्र चोकमा एकजनाको मृत्यु भएको छ।

विराट शिक्षण अस्पतालमा मोरङको केराबारीका गाउँपालिका –३ का ५९ वर्षिय पुरुष र सुनसरीको धरान –१ की ७२ वर्षिय वृद्धाको मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिनु भयो।

मृतक केराबारीका सङ्क्रमित पुरुषलाई यही कात्तिक ११ गते उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको।

यसैगरी धरानकी वृद्धा महिलालाई पोजेटिभ देखिएपछि यही कात्तिक १४ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रमुख देवले बताउनु भयो।

म्याक्स अस्पतालमा झापा दमक नगरपालिका–६ का ८३ वर्षीय वृद्ध पुरुषको आज मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले जानकारी दिनु भयो ।कोरोना सङ्क्रमित वृद्धलाई यही कात्तिक १२ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।

नोबेल शिक्षण अस्पतालमा विराटनगर–९ का ६८ वर्षीय पुरुषको आज मृत्यु अस्पतालका प्रवन्धक नारायण दाहालले बताउनु भयो।

मृतकलाई कोरोना पुष्टि पछि यही कात्तिक २० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया