आइतबार, साउन १० २०७८
काठमाडौं १५:३७
वासिङटन डिसी 05:52

कमला ह्यारिसको बिजयीसंगै पुर्खौली घर भारतमा उत्साह,उमंग र उत्सव

इनेप्लिज २०७७ कार्तिक २३ गते १३:२७ मा प्रकाशित

अमेरिकामा उप राष्ट्रपतिमा निर्वाचित भएकी सिनेटर कमला देवी ह्यारिसको पुर्खौली गाउँमा खुशीयाली छाएको छ । कमला ह्यारिसकी आमा भारतीय मूलकी हुन् भने र उनको पुर्खा तमिलनाडू राज्यको थुलासेन्द्रपुरम गाउँ रहेको स्थानीयहरुको दावी रहेको छ।

अमेरिकामा बिजयी हुनासाथ उक्त गाउँमा उत्साह,उमंग छाएको छ । दक्षिणी भारतको सानो गाउँ थुलेसेन्द्रपुरममा सूर्य उदाएकै क्षणदेखि नै मानिसहरूले सडकमा पटाखा पड्काएका छन् ।

तिनीहरूले मन्दिरमा फूल वर्षाए । गाउलेहरूले रंगीन धूलो (पाउडर)उनीहरूको घरहरूको अगाडि यी सन्देशहरू लेखे: “बधाई छ कमला ह्यारिस, हाम्रो गाउँको गर्व।”

“हामी सबै यस दिनलाई पर्खिरहेका थियौ । बधाई छ, भने एक गाउँका पार्षद सुधाकरले भने। साथै गाउँको पर्खालहरुमा “भव्य सफलता” को चाहाना भनि समेत लेखिएको छ ।

“कमला ह्यारिस हाम्रो गाउँकी छोरी हुन्। बच्चाहरूदेखि ज्येष्ठ नागरिकहरू सम्म, हामी सबैजना संयुक्त राज्यका उपराष्ट्रपतिको रूपमा शपथ लिने दिनको प्रतिक्षा गर्दैछौं, ”सुधाकरले भने। थुलासेन्द्रपुरम जहाँ कमला ह्यारिसका हजुरबुवा १०० वर्ष भन्दा अगाडी जन्मेका थिए ।

श्रोत :एसोसिएट प्रेस/न्यूयोर्क टाइम्स

प्रतिक्रिया