आइतबार, साउन १० २०७८
काठमाडौं १९:३१
वासिङटन डिसी 09:46

जो बाइडेनले बिजयी भाषणमा तेश्रोलिंगीलाई सम्बोधन गर्ने पहिलो निर्वाचित राष्ट्रपति

इनेप्लिज २०७७ कार्तिक २३ गते १२:४९ मा प्रकाशित

४६ औ अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले बिजयी भाषणमा बिभिन्न समुदाय वर्ग राजनैतिक दलको नाम लिदै तेश्रोलिंगी समेतलाई सम्बोधन गरेका छन् । यसरी कुनै पनि अमेरिकी राष्ट्रपतिमा निर्वाचित राष्ट्रपतिले विजयी भाषणमा तेश्रोलिंगी(ट्रान्सजेन्डर)को सम्बोधन गर्दै उनीहरुलाई उत्साहित गरेकोमा उनीहरुको समुदायले बाइडेनको प्रशंसा र धन्यवाद दिएका छन ।

गत शनिबार नोभेम्बर ७ का दिन निर्वाचित राष्ट्रपति जो बाइडेनले डेलावेयरको विल्मिंगटनमा आफ्नो बिजयी भाषण गर्ने क्रममा सबैवर्गलाई समेट्दै तेश्रोलिंगी भनि सम्बोधन गरेका हुन् ।

बाइडेनले डेमोक्र्याट,रिपब्लिकन,स्वतन्त्र भन्दै युवा,बृद्ध,शहरी ,गाउले ,समलिंगी ,तेश्रोलिंगी आदि भनि सम्बोधन गरेका थिए । “म कानून परिवर्तन गरेर बाहिर जान्छु, ती कार्यकारी आदेश(ट्रम्पले ल्याएका कार्यकारी आदेश) हरू हटाउनेछु। त्यहाँ शून्य विभेद हुनु पर्दछ, “बाइडेनले गत अक्टोबरमा एउटा नगर सभा बैठकमा भनेका थिए ।उनले तेश्रोलिंगी बच्चा भएको महिलालाई जवाफ दिएका थिए ।

गत शनिबार एलजिबिटिक्यु कार्यकर्ताहरुले पनि बाइडनको जितमा खुशी मनाएका छन् । यसै गरि सन् २००८ मा बराक ओबामाले आफ्नो बिजयी भाषणमा गे (समलिंगी) भनेर सम्बोधन गरेका थिए । उनि गे(समलिंगी)सहित सम्बोधन गर्ने प्रथम रास्ट्रपति भएका थिए ।

श्रोत : दि लिली डटकम

प्रतिक्रिया