बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ००:५१
वासिङटन डिसी 14:06

अमेरिकामा एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख २६ हजार ,१०१३ हजारको मृत्यु

इनेप्लिज २०७७ कार्तिक २३ गते १२:०७ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख २६ हजार १ सय ५६ पुगेको छ । गत शनिबार नोभेम्बर ७ का दिन एकै दिनमा २४ घण्टामा सर्वाधिक अङ्क पुगेको हो । यसै गरि एकैदिनमा १ हजार १३ जनाको मृत्यु भएको छ ।

गत हप्ता औसतमा दैनिक रुपमा १ लाख ६ सय ९ सय ७२ जना संक्रमित भएको भने गत दुई हप्ता भन्दा करिव ५७ प्रतिसतले संक्रमितको संख्यामा वृद्धि भएको न्यूयोर्क टाइम्सले देखाएको छ ।

हाल सम्म २ लाख ४१ हजार ६ सय ५१ जनाको मृत्यु भएको छ भने १० करोड ४३ हजार संक्रमित भएका छन् । हाल सम्म निको हुनेको संख्या ३८ लाख ४७ हजार पुगेको छ ।

श्रोत :न्यूयोर्क टाइम्स /सिएनएन/जोन्स हप्किन्स बिश्वबिद्यालय

प्रतिक्रिया