शनिबार, साउन ९ २०७८
काठमाडौं ०८:०३
वासिङटन डिसी 22:18

बाइडेनको बिजयीसंगै अमेरिकाका विभिन्न शहरहरुमा खुसिको उत्सव मनाउदै

इनेप्लिज २०७७ कार्तिक २२ गते २१:५२ मा प्रकाशित

पूर्व उप राष्ट्रपति जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भए पछि अमेरिकाका बिभिन्न राज्यहरुका शहरहरुमा खुसिको उत्सव मनाउन सुरु भएको छ । अमेरिकाको वाशिंगटन डिसी,न्यूयोर्क,शिकागो,जर्जिया,डेनभर,अस्टिन लगायत अत्यधिक शहरहरुमा मतदाताहरुको हर्षित मुद्रामा मुस्कान साथ खुसि मनाई रहेका छन् ।

जो बाइडेन ४६ औ राष्ट्रपतिमा निर्वाचित भएको संचार माध्यमले गर्ने बित्तिकै सवारी साधनको आवाज बजाउने ,गीत बजाई नृत्य गर्ने,जयजयकार गर्ने र श्यामपेन समेत ठाउँ ठाउँमा गरि रहेका छन् ।

डिसीका मुख्य शहरहरु सबै खचाखच हुन् थालेका छन । यसै गरि ट्रम्पलाई तिमि सकियौ भन्दै बाइडेनलाई बधाई दिएका छन् । बाइडेन र कमला ह्यारिसका झन्डा र विभिन्न प्रकारका तुल र प्रचार सामग्री बोकेर समेत मानिसहरु भेला भएका छन् ।

यसै गरि ताती लगाएर सवारी साधन मुख्य चौकमा राखी रहेका छन् भने विभिन्न शहरमा यातायात प्रहरीहरुले सडक खोली रहेका छन् । जुलुस शान्त रुपमा हल्ला गर्दै कराउदै जीतको उत्सव मनाई रहेका छन् ।

रास्ट्रपति डोनाल्ड ट्रम्प हार स्वीकार नगरी गल्फ मैदानमा लागेको संचार माध्यमले जनाएका छन् । ट्रम्प चुनाव अभियानले आगामी सोमबार कानुनी झमेला पार्ने तयारीमा लागेका छन् ।

प्रतिक्रिया