शनिबार, मंसिर २० २०७७
काठमाडौं ०७:३८
वासिङटन डिसी 20:53

बिश्वका प्रमुख राष्ट्र प्रमुखबाट बाइडेनलाई बधाई दिन सुरु,ट्रम्पले अझ हार स्वीकार नगरी गल्फ मैदानमा

इनेप्लिज २०७७ कार्तिक २२ गते २१:२२ मा प्रकाशित

डेमोक्रेटिक दलका राष्ट्रपतिका उम्मेदवार तथा पूर्व उप राष्ट्रपति जो बाइ डेन ४६ औ राष्ट्रपतिमा निर्वाचित भए पछि बिश्वका प्रमुखहरुले बधाई दिन सुरु गरि सकेका छन् ।

बेलायत,क्यानडा,फ्रान्स,जर्मनी लगायत राष्ट्रहरुले बधाई दिन सुरु गरेका छन् । तर ४५ औ रास्ट्रपति डोनाल्ड ट्रम्पले अझ हार स्वीकार नगरी गल्फ मैदानमा लागेको संचार माध्यमले जनाएका छन् ।

यसै गरि आन्तरिक रुपमा रिपब्लिकनका अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्लु बुस,पूर्व राष्ट्रपति बराक ओबामा ,रिपब्लिकनका राष्ट्रपतिका उम्मेदवार मिट रोम्नि,प्रतिनिधी सभाकि सभामुख न्यान्सी पेलोसी लगायतले बधाई दिई सकेका छन ।

ट्रम्प चुनाव अभियानले आगामी सोमबार कानुनी झमेला पार्ने तयारीमा लागेका छन् । जनताले बाइडेन चुनि सकेको र उनको जित भै सकेको अवस्थामा यसरी यति समय सम्म पनि बधाई नदिने अमेरिकी ईतिहासमा ट्रम्प सम्भवत पहिलो राष्ट्रपति हुने छन् । अहिले साँझ ८ बजे साँझ जो बाइडेनले राष्ट्रको नाममा सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया