मंगलबार, साउन १९ २०७८
काठमाडौं २३:०४
वासिङटन डिसी 13:19

अमेरिकी ईतिहास कोर्दै कमला बनिन उप राष्ट्रपति

इनेप्लिज २०७७ कार्तिक २२ गते २१:०६ मा प्रकाशित

अमेरिकी ईतिहास कोर्दै सिनेटर कमला ह्यारिस अमेरिकाको उप राष्ट्रपति पदमा निर्वाचित भएकी छिन । अमेरिकाको २४४ बर्षको ईतिहासमा पहिलो पटक यसरी उच्च पदमा पुग्ने कमला ह्यारिस प्रथम महिला हुने अवसर पाएकी हुन् ।

गत नोभेम्बर ३ मा भएको नतिजा नोभेम्बर ७ शनिबारका दिन अन्तिम समयमा पेनसेलभेनियाको निर्वाचन परिमाणले डेमोक्रेटिक दलका राष्ट्रपति जो बाइडेनको बिजयी भए संगै ह्यारिसको जित भएको हो ।

कमला देवी ह्यारिस भारतीय तथा जमैका मुलकी आमा बुवाकी छोरी हुन् । ५५ बर्षिय ह्यारिस राष्ट्रपतिकी उम्मेदवार रहेकी थिइन् भने ३६ बर्ष पछि अस्वेत महिला राष्ट्रपति पदमा उम्मेदवार बनेकी थिइन ।

उनि क्यालीफोर्नियाकि पूर्व महान्यायाधीवक्ता पनि हुन् भने डेमोक्रयाटिकका थुप्रै बहसहरुमा अत्यन्तै प्रभावकारी प्रस्तुति दिएकी थिइन्। कैयौ पटक उनि बहसमा अग्रपंक्तिमा आएकी थिइन ।

उनले जो बाइडेनलाई समेत प्रश्न गरि आश्चर्य बनाई दिएकी थिइन् ।

प्रतिक्रिया