शनिबार, मंसिर २० २०७७
काठमाडौं १०:४९
वासिङटन डिसी 00:04

बाइडेनले भने ‘हामी जित्ने छौं’, ट्रम्प प्रमुख ४ राज्यहरूमा पछाडी

इनेप्लिज २०७७ कार्तिक २२ गते १४:४७ मा प्रकाशित

गत नोभेम्बर ३ का दिन निर्वाचन सम्पन्न भएको आज पाचौ दिनमा प्रवेश हुँदा पनि को राष्ट्रपति हुने हो भनि घोषणा भै सकेको छैन। तर ४ वटा राज्यहरु पेन्सिलभेनिया,जर्जिया, एरिजोना र नेभाडामा बाइडेन अगाडी रहेका छन् भने एक मात्र राज्य पेनसेल्भेनिया जितेमा ४६ औ राष्ट्रपति पनि जो बाइडेन हुनेछन ।

ताजा गणना अनुसार राष्ट्रपति ट्रम्प १ राज्य उत्तर क्यारोलाइनामा मात्र मतगणनामा अगाडी छन । चुनाव भए देखि बाइडेन ४ पटक र ट्रम्प पनि कम्तिमा ३ पटक आएर अमेरिकी जनतालाई सम्बोधन गरि रहेका छन् ।

दुई राष्ट्रपतिका उम्मेदवारमा निर्वाचन परिणाममा बोल्ने शैली पुरै फरक छ । बाइडेन पटक पटक अमेरिकी जनतालाई शान्त हुन ,धैर्यता राख्न उत्प्रेरणा गरि रहेका छन् भने हामी चुनाव जित्ने छौ भनि साचो कुरा राखी रहेका छन् ।

पूर्व उपराष्ट्रपति जो बाइडेनले गत शुक्रवार राति डेलावेयरको विलमिंगटनमा मञ्चमा पुगेर अमेरिकी जनतालाई आफ्ना कुराहरु राखे । स्वतन्त्र संस्थाले विजयको घोषणा गर्न नसक्दा पनि बाइडेनले अमेरिकीहरूलाई शान्त रहन, प्रणालीमा विश्वास गर्न र धैर्य धारण गर्न आग्रह गरे ।

“मलाई थाहा छ दूरदर्शन (टिभी)मा यी मतगणना हेर्ने काम एकदम ढिलो हुन्छ र जति सुस्त छ, संवेदनशून्यता हुन्छ ” बाइडेनले भने। “तर कहिले पनि नबिर्सनुहोस्, गणना संख्या मात्र होइन। यसले मत र मतदाताको प्रतिनिधित्व गर्छन्। पुरुष र महिला जसले मौलिक अधिकार प्रयोग गरे उनीहरुको आवाज सुनिने छ ।

बाइडेनले जीतको दाबी गरेनन र घुमाएर तर भने “संख्याहरू हेर्दा हामीलाई स्पष्ट रहेको संकेत दिए” “हामी यस दौड जित्ने छौं,” उनले भने।

यता राष्ट्रपति ट्रम्प मतगणनाको अन्तिम अवस्थामा पुग्दै गर्दा ४ वटा राज्यमा पछाडी पर्दा मतगणनामा धाधली भै रहेको भन्दै अमेरिकी जनता र आफ्ना रिपब्लिकनलाई सहयोग र साथ दिन भनि रहेका छन् । पटक पटक कानुनी उपचार गर्ने भनि राज्यका अदालतमा मुद्धा हाली रहेका छन् ।

अमेरिका जस्तो प्रजातान्त्रिक मुलुकमा निर्वाचन पद्धतिमा संस्थागत विकासको चरम बिन्दुमा पुगेको अमेरिकालाई आफू स्वयम् राष्ट्रपति हुदा हुदै मतगणनामा शंका उपशंका आफैले मात्र वकालत् गरि रहेका छन ।

स्मरण रहोस ,सन् २००० मा जर्ज डब्लु बुश र अल गोरको चुनावी झमेलामा ३६ दिन लगाएर अन्त्यमा सर्वोच्च अदालतले जर्ज डब्लु बुशलाई बिजयी घोषित गरेको थियो ।

प्रतिक्रिया