मंगलबार, साउन १९ २०७८
काठमाडौं २३:२५
वासिङटन डिसी 13:40

वाइडेन निरन्तर ४ राज्यहरु पेन्सिलभेनिया,जर्जिया, एरिजोना र नेभाडामा अगाडी

इनेप्लिज २०७७ कार्तिक २२ गते १२:५६ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो वाइडेन निर्वाचनको नतिजा लगातार गणना गरिदै गर्दा पेन्सिलभेनिया,जर्जिया, एरिजोना र नेभाडामा अझ पनि अगाडी रहेका छन् । गत दुई दिन देखि उनले उक्त राज्यहरुमा अग्रता लिई रहेका छन् । पछिल्लो गणना अनुसार अगाडी नै रहने देखिएको छ ।

उनि अन्तिम अवस्थामा प्रतिक्षा गरि रहेका छन् भने पेनसेलभेनियामा जितेमा मात्र उनि राष्ट्रपतिमा बिजयी हुने छन । २०१६ मा डोनाल्ड ट्रम्पले पेनसेलभेनियामा जितेका थिए । पेनसेलभेनियामा निर्वाचकीय मत (इलेकटोरेल भोट )२० रहेकोले बाइडेनले उक्त २० निर्वाचकीय मत प्राप्त गर्ने बित्तिकै बाइडेन बिजयी हुनेछन ।

बिजयी हुने उम्मेदवारले २७० निर्वाचकीय मत पुर्याएमा राष्ट्रपति हुनसक्ने भएकोले २७० बाइडेनले पुर्याउने छन् ।

यता राष्ट्रपति ट्रम्पले हुलाक मार्फत पठाईएका मत गणना रोक्नुपर्ने र आफुलाई विजयी घोषित गर्नुपर्ने राष्ट्रपति ट्रम्पको दावीलाई अन्य रिपव्लिकन नेताहरुले स्वीकार गरेका छैनन भने स्थानीय अदालतहरुले मतगणना रोक्न दिएको रिटलाई स्थानीय अदालतहरुले अस्वीकार गरिसकेका छन् ।

बाइडेन ,जर्जियामा ७२४८ ,नेभादामा २२,६५७ ,पेनसेलभेनियामा २८,८३३ र एरिजोनामा २९८६१ मतले अगाडी छन ।

प्रतिक्रिया