शनिबार, साउन ९ २०७८
काठमाडौं १९:५५
वासिङटन डिसी 10:10

मातृभूमी नेपालमा कोभिड-१९ को कारण समस्यामा परेकोलाई सहयोग

सुरेश चाम्लिङ्ग २०७७ कार्तिक २२ गते १२:३६ मा प्रकाशित

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाले आफ्नो मातृभूमि नेपालमा कोभिड-१९ को कारण समस्यामा परेकोलाई आर्थिक सहयोग गरेको छ ।

अर्गनाइजेसनका लोकल च्याप्टरहरु न्युहेम्पशायर,कनेक्टिकेट,म्यासाच्युसेट्स बोस्टन, न्युयोर्क,वाशिंगटन डीसी पेन्सिलभानिया,क्यालीफोर्निया,मेरील्याण्ड,भर्जिनिया,टेक्सास,कोलोराडो, नेब्रास्का,लगाएतका राज्यमा बसोबास गर्ने नेपालीहरुबाट सहयोग रकम संकलन गरिएको हो ।

हालै संसारभरी महामारीको रुपमा फैलिएको कोरोनाको कारण आफ्नो मातृभूमि नेपालमा दैनिक ज्यालादारी गरी जीवन यापन गरी रहेका बाबु आमाको नाबालक छोराहरु तथा शारीरिक अपांगता भएको नेपालीहरुले भोग्नु परी रहेको दुख कस्टमा साथ दिने उदेश्यले यो सानो सहयोग गरिएको हो ।

सहयोग रकम डलर २०२०.०० आदिवासी जनजाती महासंघ अमेरीका फिपनाको सहयोग अभियानलाई २ महिना पहिले पठाईएको थियो । अर्गनाइजेसनका केन्द्रीय अध्यक्ष मुना राइले २०२० सालमा सम्झना रहने गरी डलर २०२०.०० सहयोग गरिएको बताउनु भएको छ ।

उक्त सहयोग सहित अन्य सहयोग संकलन गरेर फिपनाले नेपालको बिभिन्न शहर तथा वस्तीहरुमा रोजगारीबाट बन्चीत भएर भोकै हिड्न बाध्य हुनु भएका दाजु भाइहरुलाई खान पींनको व्यवस्था गरेको थियो ।

अहिलेको २ हजार डलर बराबर नेपाली रकम रु २ लाख २८ हजार ६ सय  एबिसी न्युज नेपाली टेलीभिजनद्वारा संचालित चर्चित कार्यक्रम इन्द्रेणीका संचालक तथा समाजसेवी कृष्ण कंडेल मार्फत पठाइएको हो । उक्त सहयोग रकम अर्गनाइजेसनको प्रतीनिधित्व गर्दै संगीतकार तथा गायक कनकाइस्ट राईले भब्य कार्यक्रम गरी हस्तान्तरण गर्नु भएको थियो ।

सुरेश चाम्लिङ्ग,न्युहेम्पशायरबाट

प्रतिक्रिया