प्रदेश नं १ मा ३१५ सङ्क्रमित

इनेप्लिज २०७७ कार्तिक २१ गते २३:४८ मा प्रकाशित

विराटनगर,२१ कात्तिक।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३१५ जना कोरोना सङ्क्रमित थपिएका छन्।उक्त अवधिमा गरिएको एक हजार १९७ जनाको पीसीआर परीक्षणमा १३८ महिला र १७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङमा १२३ मध्ये विराटनगरमा ८९,सुनसरीमा ८९,झापामा ७६,ते¥हथुममा छ, इलाम, धनकुटा र भोजपुरमा तीन÷तीन, उदयपुरमा दुई,ताप्लेजुङ, ओखलढुङ्गा र सङ्खुवासभामा एक÷एक र प्रदेश बाहिरका सात जना रहेका छन्। यसप्रदेशमा सङ्क्रमितको सङ्ख्या २१ हजार ११७ पुगेको छ।

प्रदेशमा आज ३५० जना सङक्रमित निको भै घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १३ हजार ४६ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ६७ हजार ३०० सयको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ।

 

 

 

प्रतिक्रिया